नेपाली सस्कृती बुझ्न जापानी विद्यार्थी पोखरामा

पोखरा, ९ भदौ /एसिया एसोयिसन अफ एजुकेशन एण्ड एक्सचेञ्जले नेपाली र जापानका सास्कृति आदान प्रदान गर्ने उद्देश्यले नेपाल आएको टोली पोखरा पनि आएको छ ।

नेपाली सस्कृती बुझ्न जापानी विद्यार्थी पोखरामा
नेपाली सस्कृती बुझ्न जापानी विद्यार्थी पोखरामा

१३ जनाको समुहमा आएका जापानीज विद्यार्थीले नेपाली विद्यार्थी संघ १० दिन सम्म नेपाली विद्यार्थी सँग नेपाली सास्कृतीको बारेमा जानकारी दिने र जापानी सास्कृतीको बारेमा जानकारी दिए नेपालीकी संयोजक श्रृया देवकोटाले जानकारी दिइन् ।

उनीहरु काठमाडौबाट पाल्लाको तानसेन र मैदान हुदै पोखरा आएको संस्थाकी सदस्य प्रतिक्षा पौडेलले जानकारी दिइन् । विद्यार्थीहरु विच सास्कृतीक, सीप, ज्ञान र कला लगाएतका विषयमा आदान प्रदान भएको उनले बताइन् । जापानका विद्यार्थीहरु सन् २००९ देखि अहिले सम्म ९ पटक नेपाल आइसेका छन् । विश्वविद्यालयका विद्यार्थीहरु फरक फरक आउने गरेका छन् ।

कमेन्टहरु
Loading...