पौडी खेल्नेक्रममा फेवातालमा एक जनाको ज्यान गयो

पोखरा ः फेवातालमा पौडी खेल्नेक्रममा बिहीबार युवकको डुबेर मृत्यु भएको छ । फेवातालको ड्मसाइड नजिकै पौडी खेल्नेक्रमा स्याङजा घर भई हाल पोखरा ७ रत्नचोक बस्ने १९ वर्षिय अमृत मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथी सगँ फेवातालमा करिब १२ बजे पौडी खेलेका मगरको डुबेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता गजु सिद्धि ब्रजार्चायले जानकारी दिए । प्रहरी र स्थानीयले खोजी गरि तालबाट निकाल्दा मगरको मृत्यु भइसको उनले बताए ।

स्थानीय र प्रहरीको सहयोगमा डुबेको केही समयमा उनलाई तालबाट निकाले पनि उनलाई बचानउ सकेनन् । सवलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । २० दिनमा फेवातालमा डुबेर चार जनाको मृत्यु भएको छ । साउन २० गते डुंगा डुबेर दुई जनाको मृत्यु भएको थियो भने भदौ २ गते माछामार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...