सेती गण्डकीको बृद्धाश्रमलाई सहयोग

पोखरा, ८ भदौ /पोखरा–१८, बाच्छीबुडुवास्थित वात्स्यायन बृद्धाश्रमलाई लायन्स क्लब अफ पोखरा सेती गण्डकीले खाद्यान्न र जिन्सी सामग्री सहयोग गरेको छ । लायन्स क्लब सेती गण्डकीले बृद्धाश्रमका लागि खाद्यान्न, तरकारी, २० जोर चप्पल र ग्याँस गिजर सहयोग गरेको हो ।

लायन्स क्लब अफ पोखराकी अध्यक्ष लायन सुनयना पालिखे लगायत क्लबका सदस्यहरुले बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीलाई खाद्यान्न र जिन्सी सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बृद्धाश्रमका संस्थापक सदस्य तथा लायन्स क्लब अफ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि वानका डिस्ट्रिक्ट एड्भाइजर लायन गोकर्ण कार्कीले बृद्धाश्रम र शिवालय मन्दिरको ऐतिहासिक अबस्था बारे प्रकाश पारे ।

लायन्स क्लबको उद्देश्यमाथि प्रकाश पार्दै लायन कार्कीले आगामी दिनमा बृद्धाश्रम तथा शिवालय मन्दिरका लागि लायन्स क्लब सेती गण्डकीको सहयोग रहने बताए । कार्यक्रममा स्वागत मन्तव्य दिदैं बृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीले बृद्धाश्रम र नजिकै रहेको शिवालय मन्दिर बाढी पहिरोको उच्च जोखिममा रहेको बताए । बृद्धाश्रम र शिवालय मन्दिर बचाउनका लागि लायन्स क्लब समक्ष कार्कीले आग्रह गरे । कार्यक्रममा बृद्धाश्रमका कोषाध्यक्ष शिवप्रसाद पोखरेलको उपस्थिति थियो ।

कमेन्टहरु
Loading...