‘डन’ दीपक मनाङ्गे सिक्किम पुगे

२० जेठ, काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभागद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएपछि फरार रहेका ‘डन’ गिरफ्तारीबाट जोगिन भारतको सिक्किम पुगेका छन् । उनी सिक्किमबाटै पार्टी काममा सक्रिय रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका एक नेताले अनलाइनखबरलाई बताए । मनांगे सो पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।’उपाध्यक्ष जी अहिले सिक्किममा हुनुहुन्छ ।’kb-limbu-ra-deepak-managye

पार्टीका प्रवक्ता छवि सङ्बाहाङ्फेले अनलाइनखबरसँग भन्नुभयो-’मनाङ्गेजी पार्टीमा एकदम सक्रिय भएर लागिरहनुभएको छ, आगामी चुनावमा हामीले उहाँलाई समानुपातिक तर्फबाट माननीय बनाउँदैछौं ।’ सम्पत्ति शुद्धीकरणले मुद्दा चलाए पनि पार्टीले मनांगेलाई नहटाउने उहाँले बताउनुभयो । ‘मुद्दा लाग्दैमा हामीले पार्टीबाट हटाउनुपर्छ भन्ने छैन ।’
मनाङ्गेजस्तै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा पनि यतिबेला भूमिगत छन् ।

तर, लामालाई पनि पार्टीबाट नहटाइने सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले सार्वजनिक गरिसक्नुभएको छ । लामाले पनि आगामी चुनाव जित्ने गच्छदारको दाबी छ ।
एमालेका मोरंग जिल्ला सदस्य एवं युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेत पनि यतिबेला सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि भूमिगत छन् । बस्नेतलाई कारवाही गर्नुपर्छ र गर्न हुन्न भन्ने विषयमा दुईसाता अघि मोरंग एमालेमा कुर्सी हानाहान समेत भएको थियो ।शुद्धीकरणको मुद्दा लागेपछि प्रहरीले मनांगे, लामा, बस्नेत र तरुण दल बिराटनरगरका अभिषेक गिरीलाई खोजी गरिरहे पनि समात्न सकेको छैन । केही दिन अघि गणेश लामा पक्राउ परेको हल्ला चले पनि लामा अहिलेसम्म प्रहरीको पञ्जामा परेका छैनन् ।

वायुसेवाका पूर्वमहाप्रवन्धक समेत मनाङेका कार्यकर्ता

यसैवीच नेपाल बायुसेवा निगमका पूर्वमहाप्रवन्धक एवं विमानचालक कुलबहादुर लिम्ब दीपक मनांगेको कार्यकर्ता बनेका छन् । मनांगे उपाध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा लिम्बू केन्द्रीय सदस्य बनेका छन् । इटहरी बसेर पार्टी काममा सक्रिय लिम्बूको छन्त्याल प्रकाशनमा समेत लगानी रहेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78063/#sthash.kP3ZwpM3.dpuf

कमेन्टहरु
Loading...