दोहोरी प्रतिष्ठान पर्वतले भदौ १८ देखि तीज प्रतियोगिता गर्ने

पोखरा ७ भदौ/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल जिल्ला कार्य समिति पर्वत र जनकल्याण सामाजिक महिला समुह पर्वतको सयुक्त आयोजनामा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।

दोहोरी प्रतिष्ठान पर्वतले भदौ १८ देखि तीज प्रतियोगिता गर्ने
दोहोरी प्रतिष्ठान पर्वतले भदौ १८ देखि तीज प्रतियोगिता गर्ने

समितिले भदौ १८ गते देखि २१ गते सम्म बान्द्रेविडिचौर कुश्मामा हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले जानकारी दिए । ‘पर्वत प्रतिष्ठानले पहिलो पटक बृहत तीज प्रतियोगिता गर्न लागेका छौ,’ उनले भने, ‘कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको प्रस्तुति रहनेछ ।’

उनका अनुसार कार्यक्रममा चन्द्र शर्मा, बद्री पंगेनी, बिमलराज क्षेत्री, विष्णु खत्री, शिव हमाल, कृष्ण समिप सुवेदी, बसन्त थापा, प्रल्हाद सुवेदी, याम क्षेत्री, तारानाथ आचार्य, बुद्धिराम शर्मा, रितु थापा, रेणु केसी, चित्रसागर श्रेष्ठ, कृष्ण अखेली, कृष्ण सुवेदी, पुर्ण परियार, सिता परियार, लक्ष्मी कार्की लगायत कलाकारले दैनिक प्रस्तुति दिनेछ ।

तीज प्रतियोगितामा पर्वतमा जिल्लाका दोहोरी कलाकारलाई सम्मान गरिने गदालले बताए । ‘कार्यक्रमको अर्को आकर्षण हास्य कलाकारको पनि प्रस्तुति रहनेछ,’ उनले भने, ‘प्रतियोगितामा तीजको महिमा झल्कने गीतलाई महत्व दिइनेछ ।’ प्रतियोगिता सम्पन्न गर्नको लागि ३ लाख हाराहारीमा खर्च हुने उनले जनाए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष शंकर विरही गुरुङले प्रतियोगिताबाट बचेको रकम कलाकार कल्याणकारी कोषको लागि अवधारणा ल्याउनको लागि सुझाव दिएका थिए । प्रतिष्ठान कास्की अध्यक्ष प्रेमराज अधिकारीले प्रतियोगिता समय सान्दर्भिक र बहुप्रतिष्ठित हुने बताए ।

कार्यक्रममा पर्वत प्रतिष्ठानका सह–सचिव राजकुमार विकले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सन्तोष बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...