परिषदको दुई दिने उद्यमशिलता प्रशिक्षण सकियो

पोखरा, ६ भदौ /उद्यमशिलता विकास गराउने उद्देश्यले आयोजना गरिएको २ दिने प्रशिक्षण सकिएको छ । पोखरा पर्यटन परिषदले नेपाल पर्यटन बोर्ड र अन्र्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ जापानको सहयोगमा प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा पर्यटन व्यवसायमा आवद्ध ३० जना व्यवसायी सहभागी थिए ।

प्रशिक्षण समापनमा बोल्दै व्यवसायीक सिकाईले आफुहरुलाई नयाँ उपाय सिकेको बताए । प्रशिक्षणको समापनमा बोल्दै प्रशिक्षार्थी ईन्द्र भण्डारीले व्यवसायीलाई लक्षित गरिएको प्रशिक्षणमा फलदायीका साथै नयाँ उर्जा थपेको बताए । प्रशिक्षार्थी कल्पना भट्टराईले सिकोको कुरा परिवारलाई पनि साटासाट गरेर व्यापार प्रबद्र्धन गर्न सघाउने बताईन ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत सुर्य थपलियाले व्यापार बढाउन सामाजिक सञ्जाललाई उपयोग गर्नुपर्ने बताए । कार्यक्रममा परिषदका पुर्व अध्यक्ष टिकाराम सापकोटाले व्यवसायीलाई ज्ञान मात्र नभई दक्ष बनाउने बताए ।

पुर्व अध्यक्ष डम्बर बहादुर के.सी.ले व्यापारका लागी अब विधुतिय सञ्जाल अर्थातसुचना प्रविधि उपयोग गरेमा अब व्यापार बढ्ने उनले बताए । यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष सोम बहादुर थापाले आगामी दिनमा पनि यस्तै प्रशिक्षण आयोजना गर्दै जाने बताए ।

कमेन्टहरु
Loading...