उद्योग वाणिज्य सघंको कर्पोरेट सदस्यमा पद्म नर्सिङ होमका बास्तोलाको उमेद्वारी

पोखरा, ६ भदौ/पोखरा उद्योग वाणिज्य संघको आगामी ३१ औ अधिवेशनमा कर्पोरेट सदस्यको तर्फबाट कार्यसमिती सदस्यमा नरेन्द्र बास्तोलाले उमेदवारी दिने भएका छन ।

नरेन्द्र बास्तोला
नरेन्द्र बास्तोला

भदौ ३१ र असोज १ गते हुने व्यापारीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघको ३१ औ अधिबेशनमा कर्पोरेट सदस्यको तर्फबाट पद्म नर्सिङ होम प्रालीका बास्तोलाले उमेदवारी दिने भएका हुन् । बास्तोलाले केही दिन अगाडी आफ्नो फेसबुक वालमा यो पटकको ३१ औ अधिवेशनमा आफुले संघको कर्पोरेट सदस्यका तर्फबाट कार्यसमिती सदस्यमा उमेदवारी दिने घोषण गरेका थिए ।

नयाँ सदस्यको रुपमा उमेदवारी दिन लागेका बास्तोला पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होम प्रालिका ब्यवस्थापक हुन भने पोखरा त्रिबेणी डेरी तथा जैविक कृषि उद्योग प्रा.ली. पोखरा १५ टुटुङ्गाका अध्यक्ष , नरेन्द्र मिडिया एण्ड काम्युनिकेशन प्रालीका अध्यक्ष , निजि अस्पतालहरुको छाता सङठन अफिनका केन्द्रिय सदस्य तथा गण्डकी धौलागिरी सचिब, नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रिय संयोजक, लेखनाथ जेसिसको पूर्व अध्यक्ष, हर्ट टु हर्ट कास्कीको सचिव, रोटरी क्लव अफ न्युरोडको सदस्य समेत रहेका छन ।

कमेन्टहरु
Loading...