उद्योग वाणिज्य संघमा ब्यवसायीको साथ खोज्दै बराल

पोखरा ६ भदौ / पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य देखि कार्यसमिति सम्म महिलाको उपस्थिति न्यून भएका बेला नव प्रवेशीको रुपमा सीता बराल कार्यसमितिमा छिर्ने कोशिष गर्दैछिन् । सफल महिला ब्यवसायीको रुपमा स्थापित उनी आगामी ३१ औं महाधिवेशको लागि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिदै छिन् ।

सीता बराल
सीता बराल

भदौ ३१ र असोज १ गते हुने अधिवेशनको लागि ब्यवसायीक सवलिकरणको लागि नेतृत्व तहमा महिलाको समान सहभागितामा जोड दिदै उनी उम्मेदवार बन्न लागेकी हुन् । हाल उनी मतदातालाई भेट्ने र अग्रज ब्यवसायीको सल्लाह सुझाव लिने काममा ब्यस्त छिन् । अध्यक्षको आकांक्षी धेरै भएकाले अन्य उमेदवार जस्तै उनीपनि ब्यक्तिगत रुमपै लविङ गरिरहेकी छिन् ।

एक कार्यकाल उद्योग बाणिज्य संघको महिला उद्याम विकास समितिको सदस्य भई अनुभव वटुलेकी बरालले ब्यवसायीको समर्थन र अग्रजको साथले सर्वाधिक मतको साथ कार्यसमितिमा प्रवेश गर्ने कसरत गरिरहेकी छिन् । उद्योग बाणिज्य संघमा महिला सहभागिता पछिल्लो समय बढ्दै गएको र आगामी अधिवेशनमा पनि महिला आकांक्षी धेरै देखिनु सुखद पक्ष भएको उनले बताईन् । संस्थागत रुपमा महिला पनि अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिईन् । ‘ ब्यवसायीक रुपमा सफल हुनको लागि पनि संस्थागत सहभागिता र नेतृत्व विकासले महत्वपूर्ण भूमिका खेल्छ ’ उनले भनिन् ।

पोखरामा विभिन्न उद्योग ब्यवसाय सञ्चालन गरिरहेका कतिपय अझैपनि संघमा आबद्ध हुन नआएकाले उनीहरुलाई समेट्न पनि आफुले भूमिका खेल्ने बरालले प्रतिबद्धता छ । वाहिर रहेका ब्यवसयाीलाई संघमा आबद्ध भएपछिको फाईदा बुझाउन सके सदस्य संख्यामा पनि बृद्धि गर्न सकिने उनले बताइन् । संघमा आबद्ध नभएका ब्यवसायीक फर्महरुमा महिलाले सञ्चालन गरेका फर्म अत्याधिक रहेकालाई उनीहरुलाई नयाँ सदस्यको रुपमा संघमा प्रवेश गराउनुपर्ने उनको सुझाव छ ।

साथै वरालले पुरुषको नाममा दर्ता भएका ब्यवसायीक प्रतिष्ठानलाई अघि बढाउन पनि महिलाले अग्रणी भूमिका निर्वाह गरिरहेकाले उनीहरुलाई पनि सम्मानपूर्ण स्थान दिनुपर्ने तर्क गरिन् । उद्योग बाणिज्य संघमा आबद्ध र आकांक्षी महिलाहरु विचको एकतामा समेत उनले जोड दिईन् । चेरिष्मा ईम्पोरियम न्यूरोड तथा दुलेगौडामा सञ्चालन गरिरहेकी बराल सञ्चारकर्मी पनि हुन् । उनी विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छिन् । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम ‘गण्डकीका सुसेली’ सञ्चालन गर्ने बराल रेडियो हेम्जाको सल्लाहकार हुन् ।

नारी सेवा समिति कास्कीको निवर्तनमा अध्यक्ष उनी लायन्स क्लब अफ पोखरा सेतीगण्डकी र पोखरा लेडी जेसिसको वोर्ड सदस्य हुन् । वराल रोटरी क्लब अफ पोखरा मिडटाउन, मानव मिलन नारी जागरण नेपाल, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल लगायतका संस्थामा आबद्ध छिन् ।

कमेन्टहरु
Loading...