दौतरी दोहोरी साँझको १६ औ वार्षिकोत्सवमा विशेष साँगीतिक साँझ हुने

पोखरा, ६ भदौ /पोखरा दौतरी दोहोरी साँझको १६ औ वार्षिकोत्सवमा विशेष साँगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ । भदौ २१ देखि २५ गतेसम्म दोहोरीले विशेष साँझको कार्यक्रम आयोजना गरेको आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा सञ्चालक विरेन्द्र केसिले जानकारी दिए ।

दौतरी दोहोरी साँझको १६ औ वार्षिकोत्सवमा विशेष साँगीतिक साँझ हुने
दौतरी दोहोरी साँझको १६ औ वार्षिकोत्सवमा विशेष साँगीतिक साँझ हुने

पोखराको चिप्लेढुंगामा रहेको दोहोरीमा प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपती शर्मा, शर्मिला गुरुङ, कुमार पुन, प्रिती आले मगर, तारापती सुबेदी, जीवन दाहाल, शंकर विरही गुरुङ, माया गुरुङ, चन्द्रा कार्कीका साथमा नियमीत कलाकार रहने केसिले जानकारी दिए ।

सोही अवसरमा फेवा टेलिभिजनका पत्रकार हेमराज अधिकारी र समाधान राष्टिय दैनिकका माधब बराललाई सम्मान गर्ने केजीले जानकारी दिए । पछिल्लो समयमा विरेन्दे केसि, दिपक न्यौपाने र निर्मल भण्डारीले नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन् । बार्षिक उत्सव कै कार्यक्रमको संचालन जिवन दाहालले गरेका थिए ।

कमेन्टहरु
Loading...