पोख्रेली ट्वीइटे दिदि वहिनी दर

पोखरा ५ भाद्र /पोख्रेली ट्वीइटे परिवारले महिलाहरुको महान् पर्व हरितालीका तिजको अवसरमा दिदि वहिनीहरुलाई पोखराको मिराकल क्याफेमा दर खुवाएको छ । पोखरामा रहेका युवा युवतीहरुको ट्विटे गु्रप पोखरा सर्कलले ट्विटर चलाउने दिदि वहिनीहरुलाई दर खुवाएको कार्यक्रम संयोज रसीक क्षेत्रीले जानकारी दिए ।

पोख्रेली ट्वीइटे दिदि वहिनी दर
पोख्रेली ट्वीइटे दिदि वहिनी दर

ट्विट् चलाउने युवाहरुले दिदिवहिनीलाई दर खुवाने अभियान चलाएको र संस्कृती संरक्षण सगै दिदि वहिनीहरु सवै पोखरामा मात्र नभएर टाढा टाढाका पनि यहाँ कर्म थलो वनाउदै आउनु भएको र उनीहरुलाई न्यासस्रो नलागोस् भनेर एकै ठाउँमा जम्मा पारेर दर खुवाएको अर्का जडिया वाहुन भनेर ट्विट चलाउने किरण ओझा वताउछन् ।

यसरी दर खुवाने युवा साथीहरुले दिदि वहिनीलाई रमाईलो प्रदान गरेको प्रिया भनेर ट्विट चलाउने सरिता सुवेदीले वताईन् ।
स्याङजाकी मायाले पनि आफु निकै खसुी भएको वताइन् । पोखरा सर्कलमा पचास जना रहेको र आगामी दिनमा पनि सामाजीक कार्य गर्ने सहभागीहरुले वताएका छन् ।

कमेन्टहरु
Loading...