नेशनल प्याव्सान कास्कीको अध्यक्षमा पुन मोची

पोखरा, ४ भदौ/नेशनल प्याव्सान कास्कीको शनिबार सम्पन्न छैटौ जिल्ला अधिवेशनले पुनःरामबहादुर मोचीलाई अध्यक्षमा चयन भएको छ। समितिको प्रथम उपाध्यक्षमा शिवदत्त तिवारी, द्धितीय उपाध्यक्षमा केशवशरण पौडेल, सचिवमा मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ, सहसचिवमा प्रेमराज अधिकारी, सहकोषाध्यक्षमा दुर्गाराज सुवेदी रहेका छन्।

नेशनल प्याव्सान कास्कीको अध्यक्षमा पुन मोची
नेशनल प्याव्सान कास्कीको अध्यक्षमा पुन मोची

समितिको सदस्यहरुमा राजु कायस्थ, राजु केसी, गणेश भण्डारी, सञ्जय पौडेल, शारदा केसी, अर्जुनप्रसाद अधिकारी, शिवराज पौडेल र विष्णुप्रसाद पौडेल रहेका छन्। कार्यक्रममा नेशनल प्याव्सान कास्कीले निर्मण गरेको भवनको उद्घाटन गरिएको थियो। भवनको नेशनल प्याव्सानकी पूर्व केन्द्रिय अध्यक्षत तथा सांसद गिता क्षेत्री राणाले उद्घाटन गरेकी थिईन्। करिव एक करोड छ लाखाको लागतमा व्यवस्थित भवन निर्माण गरिएको छ।

कार्यक्रममा नेशनल प्याब्सानकी पूर्व केन्द्रिय अध्यक्ष तथा सांसद गिता क्षेत्री राणाले संस्थागत विद्यालयहरु माथी चुनौती थपिदै गएकोले संगठिन हुनु पर्ने बताईन्। कार्यक्रममा नेशनल प्याव्सानका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले नेपाल सरकारले ल्याएको निर्देशिकालाई संसोधन गर्नु पर्ने बताए। पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक विष्णुप्रसाद अधिकारीले सरकारको प्रावधानमा नै संस्थागत विद्यालय जन्मेकोले सरकार निति निर्देशन पालना गर्नु पर्ने बताए।

जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जिल्ला शिक्षा कार्याय कास्कीमा वुझाउनु पर्ने रिपोर्ट वुझाउन आग्रह गरे। कार्यक्रममा प्रवेशिका परिक्षा २०७२ मा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको थियो। यसरी सम्मान हुनेमा राइजिङ स्टार एकेडेमीका सौगात पौडेल, त्रिवेणी पब्लिक स्कूलका सम्रन ढु·ाना, विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कूलका प्रतापज· कुँवर र कास्की मोर्डनाइज्ड एकेडेमीकी आकृती खत्री रहेका छन्।

कमेन्टहरु
Loading...