जापान जानेका लागि निप्पोनको सेमिनार

शशी पौडेल
पोखरा, ३ भदौ/जापानको पढान जान इच्छुक युवायुवतीका निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरले एक दिने प्रशिक्षण दिएको छ । जापानको भिसा तथा शिक्षा सम्वन्धि एक दिने सेमिनारमा युवा युवतीलाई जापान जान आवश्यक ज्ञान प्रदान गरिएको थियो ।

निप्पोन
निप्पोन

पोखराको पालिखेचोक स्थित ताम्रकार भवनमा रहेको निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरमा भएको सेमिनारमा नागोया जापानीज स्कुलका प्रतिनिधी काजी कावाले नेपाली विद्यार्थी जापानमा मेहनती रहेको बताउदै जापान पढ्न जानका लागि योग्यता कति ? कसरी जान सकिन्छ ? वाताबरण कस्तो छ , शैक्षिक लागत कति लाग्छ , कस्ता कलेजमा पढ्न पाइन्छ , डकुमेन्टेसन कति चाहिन्छ र कस्ता विद्यार्थी जान सक्छन लगायतका विषयको जानकारी गराएका थिए ।

करिब १०० जनाको सहभागीता रहेको कार्यक्रममा निप्पोन एजुकेशन एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक राजु गोर्खाली प्रशिक्षक रामशरण थापा , सुवास सिंह कुवरले सहजीकरण गरेका थिए ।

सेन्टरले जापान जान चाहने बिधार्थी तथा तिनका अभिभाबकको मागलाई ध्यानमा राख्दै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आगामी भदौ २१ र २४ टोकियोका दुई बिधालयका बारेमा जानकारी गराउनको लागी सेमिनार आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक गोर्खालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...