फेवातालमा माछा मार्न जादा डुबेर एकको मृत्यु

पोखरा, ३ भदौ/फेवातालमा माछा मार्न जादा डुबेका एक जनाको मृत्यु भएको छ । बिहीबार साझँ ताल छेउमा माछा मार्न जादा डुबेका रुकुमका ३६ बर्षीय जित बहादुर साईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा ५ प्रस्र्याङ बस्ने साई साझ ७ बजे खपौदी क्षेत्रको ताल किनारमा माछा मार्न जाल हान्ने क्रममा डुवेर वेपत्ता भएका थिए । घटनास्थलमा पुगेको प्रहरी, सशस्त्र प्रहरी र स्थानिय डुंगा ब्यवसायी तथा जलारीको समुहले खोजी गर्दा २ घण्टापछि उनको फेला परेको हो ।

सशस्त्र प्रहरीको तर्फबाट नायव निरिक्षक डम्बर क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो । सोही टोलीले सव फेला पारेको थियो । साउन २४ गते तालमा डुवेर बेपत्ता भएका दुई युवाको सब चार दिन पछि फेला परेको थियो ।

कमेन्टहरु
Loading...