पोखरामा श्रीमतीको चक्कु प्रहारपछि हत्या, विष सेवन गरी आत्महत्या (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १ भदौ/पोखरामा श्रीमानले श्रीमतीको चक्कु प्रहार गरेर हत्या गरी विष सेवन गरेर आत्महत्या गरेका छन् । पोखरा ८ सिमलचौरमा श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेपछि श्रीमान्ले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

पोखरामा श्रीमतीको चक्कु प्रहारपछि हत्या, विष सेवन गरी आत्महत्या
पोखरामा श्रीमतीको चक्कु प्रहारपछि हत्या, विष सेवन गरी आत्महत्या

स्याङजा किचनास ३ का २२ बर्षीय संजिब वहादुर नेपालीले श्रीमती स्याङजा पवेगौडे २ की २२ बर्षीय सोनम रेग्मीको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । श्रीमतीलाई पहिले पेटमा र घाटी चक्कुले रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यापछि विष सेवन गरेका नेपालीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उनले श्रीमती घरको आगनमा आए पछि चक्कु प्रहार गरेका थिए । चोट लागेकी श्रीमती कराए पछि छिमेकीहरु आएका थिए । पाँच बर्ष अघि विहे भएपनि एक आपसमा नमिलेपछि उनीहरु छुट्टा छुट्टै बस्दै आएका थिए । नेपाली बुधवार श्रीमती सोनम बसेको घरमा पुगेर उनीमाथि छुरा प्रहार गरेका हुन् । सोनमको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु विच छोडपत्रको लागि जिल्ला अदालतमा निवेदन समेत दर्ता भईसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बज्राचार्यले जानकारी दिए । घटनाबारे थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । दुबैको सब पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...