पोखरा उद्योग वाणिज्य संघको कार्यसमितीमा बख्रेलले उमेदवारी दिने

पोखरा, १ भदौ/पोखरा उद्योग वाणिज्य संघको आगामी ३१ औ अधिवेशनमा कार्यसमिती सदस्यमा हिमालय बख्रेलले उमेदवारी दिने भएका छन ।

himal bakhrel, वडा नागरिक मञ्चको संयोजकमा हिमालय बख्रेल
हिमालय बख्रेल

युनाइटेड क्लव पोखराका अध्यक्ष र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष समेत रहेका बख्रेलले आगामी भदौ ३१ र असोज १ गते हुने ३१ औ अधिवेशनमा कार्यसमिती सदस्यमा उमेदवारी दिने भएका हुन ।

बख्रेलले केही दिन अगाडी आफ्नो फेसबुक वालमा समेत आफु यो पटकको ३१ औ अधिवेशनमा आफुले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिती सदस्यमा उमेदवारी दिने भन्दै पोष्ट गरेका छन ।

बख्रेलले युनाइटेड क्लवको स्थापना गर्न र पोखरामा चिडियाखानाको अवधारणा सहित पोखरा महोत्सवको समेत आयोजना गरी आएको र पछिल्लो समय विभिन्न टोलमा सौर्यबत्ती जडान गर्ने अभियानमा समेत सरिक हुदै आएका छन ।

कमेन्टहरु
Loading...