हाम्रो दोहोरी साँझमा विशेष साँगीतिक कार्यक्रम हुने

पोखरा ३२, साउन/पोखराको पृथ्विचोकमा रहेको हाम्रो दोहोरी साँझमा पाँच दिन सम्म विशेष साँगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । दोहोरी साँझ सञ्चालनमाआएको दोस्रो वर्ष पुरा भई तेस्रो वर्ष प्रवेशको अवसरमा कार्यक्रम हुन लागेको हो ।

हाम्रो दोहोरी साँझमा विशेष साँगीतिक कार्यक्रम हुने
हाम्रो दोहोरी साँझमा विशेष साँगीतिक कार्यक्रम हुने

भाद्र १ गतेदेखि ५ गतेसम्म आयोजना हुने विशेष साँगीतिक साँझमा रामजी खाँण, कुमार पुन, निता पुन, जानकी तारमी मगर र चन्द्रा कार्कीको प्रस्तुती रहने दोहोरी साँझका सञ्चालक समेत रहेका गायक घनश्याम रिजालले बताएका छन् ।

यसैगरी शंकर विरही गुरुङ, संजय पुन, ईश्वर खड्का, घनश्याम रिजाल, सुरेन्द्र गुरुङ, गोविन गुरुङ, विक्रम गुरुङ, गुप्त गुरुङ, निश्चल थापा, अनुज कुलुङ, प्रदिप राजपाल, सुरेश राना, काजी गुरुङ र याम नेपालीले दोहोरी पारखीको साँगीतिक तृष्ण मेटाउने छन् ।

त्यति मात्र नभएर सिता केसी, कृष्णा गुरुङ, सविना गुरुङ, काजल गुरुङ, शान्ति गुरुङ, निरु पुन, मञ्जु गुरुङ र निकिता गुरुङको प्रस्तुतीले साँझलाई रमणीय बनाउनेछ । दोहोरीमा रमाउन खोज्ने दोहोरीप्रेमी तथा शुभचिन्तकलाई विशेष साँगीतिक साँझमा सहभागी हुन दोहोरी साँझले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...