पोखरा उद्योग वाणिज्य संघको सदस्यपदमा किसान सुनारको घोषणा

पोखरा, ३२ साउन /पोखरा उद्योग वाणिज्य संघको ३१ औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा किसान सुनारले उम्मेदावारी घोषणा गरेका छन् ।

किसान सुनार
किसान सुनार

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सदस्यपदको उम्मेदवारी दिने घोषणा गरेका हुन् । तेजारथ ग्रुप, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था, तेजारथ सप्लायर्स प्रालि, निगाता इन्टरनेशनल ल्याङवेज एण्ड टेडिङ इन्स्टिच्युटको अध्यक्ष र तेजरत्न ज्वेलर्स, कृष्मा ज्वेलर्सका सञ्चालक रहेका छन् ।

सुनार विभिन्न एक दर्जन संघ संस्थामा संलग्न रहेको बताए । विगत ९ वर्ष देखी सामाजिक क्षेत्र र ६ वर्ष देखी व्यवसायिक क्षेत्रमा संलग्न भई काम गर्दै आएका छन् । गतिशिल समयले ल्याएको आर्थिक क्रान्ति, समाजिक समृद्धि र राजनैतिक उपलब्धी सँगै यूवा जनशक्तिको भूमिकाले पनि महत्व पाएको बताउदै उनले आफु पनि यूवा भई जिम्मेवार लिन अगाडी सरेको बताए । उनले निम्न एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

१. उद्योग एवं व्यापारको समुचित विकासबाटै मुलुकको आर्थिक समृद्धि गर्न ।
२. व्यावसायिक हितको सुरक्षा र कल्याणको अभिवृद्धि गर्न ।
३. उद्यमीहरुको सुदृढ, सशक्त र सक्षम संगठनलाई सवल दिशा निर्देशन गर्ने ।
४. आर्थिक समृद्धिका लागि समानुकुल वञ्छित गति दिन ।
५. उद्योग, व्यापार, सम्बन्धित व्यवसाय र व्यवसायीहरुको हक हितका लागि गठित व्यवसायिक एकता मजबुत पार्न ।
६. देशको अर्थतन्त्रप्रति समयानुकुल परिवर्तनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पु¥याउन ।
७. शासकिय वर्गबाट ध्यान नपुगेको जनसमुदायका जीवनस्तर उकास्न ।
८. बढ्दै गएको वेरोजगार न्यूकिकरण र विदेशिदै गरेका युवा जनशक्तिको रोकथाम गर्न अन्य मूलक व्यवहारिक सीप तालिमको व्यवस्था गरी गरिबी निवारणमा टेवा पु¥याउने ।

कमेन्टहरु
Loading...