नेविसं केन्द्रिय सदस्यमा भानु ढकालको उमेद्वारी

पोखरा, ३२ साउन /नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा विद्यार्थी नेता भानु ढकाललाई जिताउन विद्यार्थीहरु लागेका छन् ।

भानु ढकाल
भानु ढकाल

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले राज द्रोहको मुद्धा खेपेका, जुझारु युवा ढकाललाई प्रदेश नंम्वर ४ बाट खुल्ला केन्द्रीय सदस्यमा जिताउने भएका हुन् । निष्ठावन नेताका छवि बनाएका ढकाल नेवि संघका क्रान्तिकारी विद्यार्थी नेता स्वर्गीय कमलमणि ढकालका भाई हुन् ।

कुनै वेला गगन थापा पछिको नेताका रुपमा चित्रण गरिएका ढकालको मोटरसाइकल दुर्घटनामापरि मृत्यु भएको थियो ।पोखराको पृथ्वीनारायण क्याम्पसको राजनीतिमा समेत होमिएका भानु ढकाललाई प्रदेश नं ४ बाट उम्मेद्वारी दिएका दिनेश शर्माले केन्द्रीय सदस्यमा जिताउन भन्दै आफ्नो उम्मेद्वारी फिर्ता समेत लिएका छन् ।

स्थानीय स्तरमा हरपल नेवि संघ र नेपाली काँग्रेसका कार्यकर्तालाई सहयोग गर्दै हिड्ने नेता ढकाललाई देशभरका प्रतिनिधिले हौसला दिईरहेका छन् ।

कमेन्टहरु
Loading...