पोखरामा भदौ पहिलो साता ‘योलो समर पुल पार्टी’

पोखरा, ३२ साउन /इभेन्ट म्यानेजमेन्ट कम्पनी लेभल नेक्स्ट प्रालिको आयोजना भद्रौ ४ गते पोखरामा ‘योलो समर पुल पार्टी’ हुने भएको छ । रोक्ट्याक्ट क्लब अफ पोखरा फिस्टेल सगँको सहकार्यमा पोखराको पाँचतारे होटल फुलबारीमा कार्यक्रमको आयोजना गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पोखरामा भदौ पहिलो साता ‘योलो समर पुल पार्टी’
पोखरामा भदौ पहिलो साता ‘योलो समर पुल पार्टी’

समर पुल पार्टीमा रमाउन चाहनेहरुलाई लेभल नेक्स्टले वर्षेनी कार्यक्रमको आयोजना गर्दै आएकी प्रबन्ध निर्देशक सिर्जना भुर्तेलले जानकारी दिइन् । पार्टीमा डिजे आशिष र कोन्मेले सहभागीलाई मनोरञ्जन दिने छन् । पौडी पोखरीमा पौडीखेल्दै गीत, संगित र खाना सगँ मनोरञ्जन लिन सकिने इभेन्दका निर्देशक शिसिर शर्माले बताए । कार्यक्रम सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने र ६ लाख आम्दानी गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक भुर्तेलले बताइन् ।

उनले बचत भएको रकम सामाजीक काममा खर्च गर्ने बताइन् । अघिल्ला वर्षहरुमा जस्तै बचत रकमबाट विद्यालयमा पुस्तकालय स्थापना, छात्रबृति वितरण, असाहायलाई सहयोग लगाएतका कार्यक्रम गर्ने रोक्ट्याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सृजना गुरुङले जानकारी दिइन् ।

यु वन्ली लिभ वन्स ९योलो० अर्थात तिमी एकपटक मात्रै बाँच्छौं भनिएको यो पार्टीमा साँच्चै सहभागीले अकल्पनीय मज्जा लिएर जिन्दगीको स्वर्णीम आनन्द लुट्ने विश्वास लिएको मिडिया कोअर्डिनेटर विजय लम्साले जानकारी दिए । जसै महात्मा गान्धीले भनेका छन्— बाँच यसरी कि भोलि नै मर्दैछौं र सिक यसरी कि सधैं बाँच्नेछौं ।

पार्टिमा सहभागी हुनका लागि सोही स्थानमा ३ सय, ५ सय र १ हजारको टिकट काटेर सहभागी हुन पाइने लम्सालले जानकारी दिए । पार्टिमा पोखरा र बाहिरका गरि करिब १ हजार जनाको सहभागीता रहने उनले बताए । करिब ५ घन्टा चल्ने पार्टीले सहभागी सबैलाई रिफ्रेसमेन्ट गराउने आयोजकको भनाई छ ।

कमेन्टहरु
Loading...