सागर राज तिमिल्सिना
पोखरा ३१ साउन /नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा पोखराको लामाचौरमा सञ्चालन हुदै आएको तीज मेला हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा तीन वटा विभागीय टोली, पश्चिमाञ्चल, मध्ये पश्चिमाञ्चल र न्युडाइमण्डले सहभागीता जनाउने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरिरे जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार १ सय १ रुपैया पाउने छ । त्यसै गरि प्रतियोगिताको उपविजेतालाई ५० हजार १ सय १, तेस्रो हुनेलाई २० हजार र सान्त्वना पुररुकार १५ हजार रुपैया पुरस्कार प्राप्त प्रचार प्रसार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
तीज महोत्सबकै अबसरमा अन्तर मावि छात्रा भलिवल प्रतियोगिता पनि हुनेछ । छात्रा भलिवलमा पहिलो हुनेलाई २५ हजार १ सय १ र दोस्रो हुने टिमलाई १५ हजार १ सय १ रुपैया पुरस्कार प्रदान गरिने अधिकारीले जानकारी दिए ।
महोत्सबको अबसरमा आयोजित अन्तर महिला समुह तीज गीत प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशस् १५ हजार १०१, १० हजार १०१ र ५ हजार १०१ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै पाँच वटा समुहलाई सान्तोना पुरस्कार स्वरुप दुई हजार रुपैया प्रदान गरिनेछ ।
भदौ १७ देखि १९ गते सम्म संचालन हुनेछ । महोत्सव सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने र करिब ३० लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । बचत रकम सामाजीक काममा खर्च गर्ने उनले बताए ।