फेवातालको बाराही घाटलाई सुन्दर बनाउने यस्तो प्रस्ताब (फोटो फिचर सहित )

पोखरा, ३१ साउन /पोखराको फेवाताल किनारा बाराही घाटलाई सुन्दर बनाउन पोखरा उपमहानगर पालिका सगँ एसबिआई बैंकले प्रस्ताव प्रस्तुत गरेको छ । बाराही घाट र बाराही घाट देखी १ सय मिटर फेवातालको किनारमा व्यवस्थीत कुर्चि, गार्डेन, शौचालय, पार्किङ लगाएत बनाउने योजना छ ।

तीन वटा कार्ययोजना बनाई राखेको प्रस्ताबमा पहिलो चरणमा व्यवस्थीत बस्नका लागि कुर्चि र गार्डेन रहेको छ । त्यसै गरि दोस्रो चरणमा शौचालय, खानका लागि तातो चिसो पानि र एटिएम कार्ड रहेको नेपाल एसबिआई बैंककी इला श्रेष्ठले जानकारी दिइन् । उनले तेस्रो चरणमा पार्किङ, रेष्कुयुटावरलाई सुन्दर बनाउने र फाउन्टेन बनाउने काम रहेको उनले बताइन् ।

बाराही घाटमा नेपाली तथा विदेशी पर्यटक आउने हुनाले त्यसलाई सुुन्दर बनाउन आफुहरुले लगानी गर्न तयार रहेको नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत विजय कुमार त्यागीले बताए । उनले आफुहरुले जिम्मा पाएमा ८ महिना भित्र तयार गर्ने बताए ।

उनले बैंकले सामाजीकउत्तर दायित्व अन्तरगतको रकमबाट निमार्ण गर्ने बताए । पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुबँरले सबै सगँ छलफल गरेका योजना अगाडी बढाउने बताए ।fewa lake  buti, bahari gat, lake side (1) fewa lake  buti, bahari gat, lake side (2) fewa lake  buti, bahari gat, lake side (3) fewa lake  buti, bahari gat, lake side (4) fewa lake  buti, bahari gat, lake side (5) fewa lake  buti, bahari gat, lake side (6) fewa lake  buti, bahari gat, lake side (7)

कमेन्टहरु
Loading...