तीज पर्वलाई अधिकार स्थापित गर्ने चाडको रुपमा मनाउनु पर्ने

पोखरा, २९ साउन/ महिलाहरुले तीज पर्वलाई अधिकार स्थापित गर्ने चाडको रुपमा मनाउनु पर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन्। नेपाल महिला संघ नगर समिति पोखरा, कास्कीले शनिबार आयोजना गरेको तिज पर्व हिजो र आज विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले त्यस्तो बताएका हुन्।

तिज पर्व भड्कीलो हुदै गएको चौतर्फी रुपमा आवाज आउदै गर्दा तिजमा हुने विकृति र विसंगतिलाई हटाई महिलाहरुको अधिकार स्थापित गर्न तर्फ महिलाहरु लाग्नु पर्ने उनिहरुको सुझाव थियो। तिज पर्व नजिकदै जादा आएका गितहरुमा पनि थुप्रै विकृति आएको बताउदै उनिहरुले यस्ता विकृतिलाई रोक्न महिलाहरुनै अग्रसर हुनु पर्ने उल्लेख गरेका थिए।

कार्यक्रममा बोल्दै सांसद शारदा पौडेलले तिजलाई तडक भडक रहित रुपमा मनाउनु पर्ने बताईन्। तिज पर्व महिलाहरुको महत्वपूर्ण चाड हो यो चाडलाई तडक भडक नगरी मानाउनु पर्दछ उनले भनिन्– यो पर्वलाई महिलाहरुले समाजिक क्षेत्रमा घुलमिल हुने अवसरको रुपमा पनि लिनुपर्दछ। अहिलेको संविधानमा महिलाहरुको थुप्रै अधिकार सुनिश्चित भएको बताउदै संविधानको कार्यान्वयन गर्न सवैले दवाव दिनु पर्ने बताईन्।

अर्कि सांसद बृन्दादेवी राना मगरले यस्ता खालका पर्व हाम्रो संस्कृतिको प्रवद्र्धन गर्ने काम गरेको बताईन्। हाम्रा पर्वहरुमा छुट्टै खालको संस्कृति रहेको छ यसलाई जोगाउनु पर्दछ उनले भनिन्–संस्कृतिलाई विगार्ने काम भएमा खवदारी गर्नुपर्दछ। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विकृति र विसंगति भित्रिन नदिनका लागि महिलाहरु नै सचेत हुनु पर्ने बताए।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले पर्वहरुबाट नेतृत्व विकास गर्न तर्फ लाग्नु पर्ने बताईन्।कार्यक्रममा नेपाल महिला संघ पोखरा नगर समिति सचिव शोभा मिश्रले कार्य पत्र प्रस्तुत गरेकी थिईन्।

कमेन्टहरु
Loading...