मिस थकाली नेपालको तयारी पुरा

पोखरा / थकाली भाषा र संस्कृतिको सम्वद्र्धन र प्रवद्धन गर्ने उद्धेश्यले ट्रेनर

नेपालको आयोजना र थाक पाँच गाउँ उद्धार समितिको मुख्य प्रायोजन तथा
युनाईटेड वल्र्ड ट्रेड सेन्टरको सहप्रायोजनमा तथा ग्रिन प्लाई उडको
सहयोगमा पहिलो मिस थकाली नेपालको न्चबलम ाष्लबभि शनिवार पोखरा सभागृह
हलमा हुदैछ ।

miss thakaliकार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक रविन गुरुङ्गले जानकारी दिएका छन् ।
ज्येष्ठ १८ गते पोखरा सभागृहमा हुने पहिलो मिस थकाली नेपालको अन्तिम
प्रतिस्पर्धाका साथसाथै राष्ट्रिय गानका रचनाकार व्याकुल माईला आउने भएका छन्
साथमा युवामाझ चर्चित व्यान्ड जिएक्स सोल ९न्ह्( क्इग्ी० र अरलुभ गुरुङ्गका साथै
पोखरेली धुमुर्स र माग्ने बुढाको पनि प्रस्तुति रहने मिडिया को अर्डिनेटर
लक्ष्मी जि.सी.को भनाई छ ।

पहिलो मिस थकाली नेपालको लागि भैरहवा, जोमसोम, मार्फा, वेनी,
पोखरा, काठमाडौँ, भिमाद हुदै देशका विभिन्न ठाउँबाट २० जना प्रतियोगीहरु
विच पहिलो मिस थकाली नेपालको ताजको छिनोफानो शनिवार हुनेछ । २० जना
प्रतियोगिहरु पोखराको दि भिलेज रेष्टुरेन्टमा २५ दिनदेखि बन्द प्रशिक्षणमा
व्यस्त रहनुको साथै केही थोरै डर र धेरै उत्साह प्रतियोगीहरुमा छ ।

विजेताले नगद रु. ५० हजारसंगै विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकको
भनाई छ । पोखराको पहिलो माछापुच्छ्रे एफ.एम, शुक्रवार साप्ताहिक, हिमालय
टेलीभिजन,भिभासिटि म्यागेजीन, ठिक ठाक डट कम यस कार्यक्रमको अफिसियल
मिडियाको रुपमा रहेका छन भने प्रर्वद्धक रुपमा परिचय एड्भरटाईजिङ्ग र हङ्गकङ्ग
ब्युटि कलेज रहेको छ । कार्यक्रमको उद्घोषक नायिका ऋचा शर्माले गर्ने
आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...