कास्कीमा युवा समितिको कार्यालय स्थापना

पोखरा, २९ साउन /नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्र्तगत पोखरा रंगशालामा जिल्ला युवा समितिको कार्यालय स्थापना भएको छ ।

कास्कीमा युवा समितिको कार्यालय स्थापना
कास्कीमा युवा समितिको कार्यालय स्थापना

शुक्रबार रंगशालमा एक समारोहका विच कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले समितिको वोर्ड समितिका अध्यक्ष आर्शिरवाद सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङलाई हस्तान्तरण गर्दै समिति स्थापना भएको उद्घोष गरेका हुन ।

समितिले कास्की जिल्ला भित्र हुने युवा सम्बन्धि विभिन्न तालिम देखि सिपमुलक कार्यक्रम तथा युवा लक्षित कार्यक्रमलाई जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालीका कार्यालय, महिला विकास कार्यालय लगायतका संस्थाहरुसंग समन्वय गरी अघि बढ्ने उद्धेश्यले उक्त समितिको स्थापना भएको समितिका अध्यक्ष आर्शिरवाद सुवेदीले जनाए ।

उनले भने “यस आर्थिक बर्ष २०७२÷०७३ मा स्थानीय निकायको बजेट विनियिोजन भएकोले आगामी बर्ष देखि युवा लक्षित बजेटको समेत समितिबाट सहकार्यमा विनियोजना हुने छ । ”

कमेन्टहरु
Loading...