नेताको द्वैध चरित्रले मसिंरमा चुनाव हुनेमा शंकाः केसी

विराटनगर, जेष्ठ १७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मसिंरमा निर्वाचन हुनेमा शंका रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै शुक्रबार केसीले प्रमुख दलका नेता द्वैध चरित्रको कारण मंसिरमा निर्वाचन हुनेमा शंका रहेको बताएका हुन् ।

केसीले पहिले गरेको सहमति सम्झौताहरु मसी सुक्न नपाउंदै प्रमुख दलका मुख्य नेताहरुले अर्को विचार राख्नाले चुनाव नै नहुने तर्फ मुलुकलाई धकेलेको दावी गरे । उनले चुनावी प्रकृया पुरा नभई मिति घोषणा गर्न नहुने बताउंदै पहिले भएका सहमती सम्झौतामा सबै दलका नेताहरु अडिग रहे समयमै चुनाव भई मुलुकले निकास पाउने जिकिर गरे ।

अहिले भइरहेका प्रकृयाले लोकतन्त्रका सिद्धान्तमा विचलन ल्याएको बताउँदै नेता केसीले चुनाव र लोकतन्त्र प्रति दलहरु प्रतिबद्ध र आस्थावान हुन नसके मसिंरमा चुनाव हुन कठिन रहेको दावी गरे । नेता केसीले सबै दलहरुका लागी ११ बुंदे बृहद शान्ति सम्झौता जन्मकुण्डली भएकोले त्यसलाई आत्मासात गरेर लचकता अपनाउने हो भने संविधानसभाको सिट संख्या, थ्रेस होल्ड , सम्पत्ती विवरण बुझाउने विषयमा सहमती हुने दावी गरे ।

 

– See more at: http://www.ekantipur.com/np/2070/2/17/full-story/369085.html#sthash.ZMWbEggE.dpuf

कमेन्टहरु
Loading...