विश्व केन्पोकाइ च्याम्पियनसीपमा नेपाललाई तीन पदक

पोखरा २७ साउन /जापानको हामामाचु शहरमा आयोजित विश्व केन्पो काइ च्याम्पियनसीपमा नेपालले तिन पदक जितेको छ । नेपाली खेलाडीले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै स्वदेश फर्किएका छन् ।

विश्व केन्पोकाइ च्याम्पियनसीपमा नेपाललाई तीन पदक
विश्व केन्पोकाइ च्याम्पियनसीपमा नेपाललाई तीन पदक

२०१६ अगस्ट ६ देखि १० सम्म संचालन भएको प्रतियोगितामा नेपालका संघर्ष चापाईले १२ वर्षमुनिको प्रतिस्पर्धामा जापानीज खेलाडीलाई पराजित गदै स्वर्णपदक जितेका हुन् । प्रतियोगितामा १४ वर्षमुनिको प्रतिस्पर्धामा सौगात शर्माले रजत पदक जिते । फाइनल प्रतिस्पर्धामा जापानी खेलाडीसंग पराजित हुदै शर्माले रजत पदकमा चित्त बुझाउन बाध्य भए ।

त्यस्तै तिलक कार्कीले १६ वर्षमुनिकै प्रतिस्पर्धामा कास्यपदक जिते । उनी पनि जापानीज खेलाडीसंगै पराजित हुदै कास्यपदकमा सिमित भए । प्रतियोगितामा २६ देशले सहभागीता जनाएका थिए । प्रतियोगितमा नेपालको प्रतिनिधित्व गदै पश्चिमाञ्चलका आठ खेलाडी, एक मुख्य प्रशिक्षक र प्रमुख ब्यवस्थापक सहित दश जना जापान पुगेका थिए ।

खेलाडीहरु समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चापाई, सौगात शर्मा, प्रथम थापा, विपिन आचार्य, प्रथमा थापा, खगेन पुन टिममा थिए भने प्रमुख प्रशिक्षक नाराजबहादुर खड्का(हरी) र प्रमुख ब्यवस्थापकमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल सहभागी थिए ।

कमेन्टहरु
Loading...