जापानमा दुई दिन तीज महोत्सव हुने

जापान, २७ साउन/नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैँ गर्दा विभिन्न ठाँउहरुमा तीजगीत विशेष कार्यक्रमको तयारी भइरहेका छन् । नेपालका लोक दोहोरी गायक गायिकाहरुको व्यस्तता पनि बढ्दै गइरहेको छ । नेपालमा हुने तिज गीत प्रतियोगिताहरुमा नेपाली लोक दोहोरी गायक गायिकाहरुको उचित स्थान रहदँै आएको व्यस्तता पनि बढ्दै गइरहेको छ ।

नेपालमा हुने तीज गीत प्रतियोगिताहरुमा नेपाली लोक दोहोरी गायक गायिकाहरुको उचित स्थान रहदँै आएको छ यस्तै तिजे भाकामा सधै अग्र स्थानमा रहने लोक गायिका सुनिता दुलाल यसपाली भने म नेपाली गुप्र जापानको तीज महोत्सवका लागि टोकियो जाने पक्का भएको छ ।

पछिल्लो समय युवा पुस्ताहरुमा चर्चित गायक प्रकाश कटुवालका साथमा चर्चित कलाकार बैकुण्ठ महत र जमुना सनमको समेत बजोड प्रस्तुती रहने आयोजक संस्थाका संयोजक स्मृति आचार्यले जानकारी दिइन् । तीज पर्वलाई लक्षित गरी जापनाको साइतामा, चिबा, खानागावा र टोकियोलाई लक्षित गरी दुई दिवसीय तीज महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम अनुसार रक्षा नेपालको सहयोगार्थमा अगस्ट २८ तारिखमा तोसिमा कुरिन सेन्टर इकेबुकुरो र ३० तारिखमा मेगुरो कुमिन सेन्टरमा मेगुरोमा आयोजना गरिने जापान देखि सरला लम्सालले जानकारी दिइन् । जापानमा पनि नेपाल र नेपालीहरुको परम्परा र संस्कृतिको जगेर्नाका निमित्त आयोजना गरिएको तीज गीत प्रतियोगितामा जापानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईलाई कार्यक्रममा उपस्थित हुन आयोजक संस्थाले आह्वान गरेको कार्यक्रमका लागि मिडिया संयोजक कमला काप्रीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...