ढिस्कोमा पुरिएका एकको मृत्यु

१७ जेठ, काठमाण्डौं । काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालको पछाडि रहेको खाडीपाखामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

सुकुम्बासीबस्तीमा गएको पहिरोमा तीन जना पुरिएका थिए । पुरिएका मध्ये सप्तरीका १६ बषिर्य राम भगत रामको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजनालाई भने सकुशल उद्वार गरिएको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/76797/#sthash.MOO1mdIa.dpuf

कमेन्टहरु
Loading...