फेवातालमा डुंगा डुव्यो, २ जना वेपत्ता, ६ को उद्दार (नाम सहित)

सागर राज तिमिल्सिना
पोखरा, २४ साउन /पोखराको फेवातालमा डुंगा पल्टिएको छ । डुंगामा सवारमध्ये २ जना हराइरहेका छन् भने ६ जनाको उद्धार भएको छ । काठमाडौ चक्रपथका १९ वर्षिय १९ प्रतिक श्रेष्ठ र काठमाडौ वसुन्धराका २३ वर्षिय एलिन केसी रहेका छन् ।

उद्धार गरिएका मध्ये २ जनाको अवस्था गम्भिर छ । वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ । फेवाताल पारि पुगेर फर्किदै गर्दा डुंगा दुर्घटनामा परेको हो । फेवातालको बिच भागमा डुंगा फर्किदै गदा भएका कारण सबैको उद्धार हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले लाईफ ज्याकेट नलगाएको प्रहरीको भनाई छ । स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । डुंगा चालक बाहेक उनीहरु काठमाडौंबाट घुम्न आएका हुन् ।

उद्वार गरिएका व्यक्तिहरुस्(
१० का।जि। चक्रपथ बस्ने बर्ष(१९ को सौगात श्रेष्ठ,
२० ऐ ऐ बसुन्धरा बस्ने रोशन न्यौपाने,
३० ऐ ऐ चक्रपथ बस्ने बर्ष २० को सम्राट गौतम,
४० ऐ ऐ चक्रपथ बस्ने बर्ष ३१ को दिपक न्योपाने,
५० जि। मकवानपुर हेटौडा (६ बस्ने बर्ष ३६ को विदुर धिताल,
६० जि।सिन्धुलू घर भई हाल पोखरा(६ लेकसाईड बस्ने बर्ष ३० की डुंगा चालक गंगा बस्नेत ।

कमेन्टहरु
Loading...