फिर्के–बुलौंदी सफाइ अभियानमा ऐक्यवद्धता बढ्दै

पोखरा, २२ साउन/दसौं चरणको फिर्के–बुलौंदी सफाइ अभियानअन्तर्गत बगालेटोल पस्र्याङ जोड्ने फिर्के पुलको ७ सय मिटर सेरोफेरोबाट करिब १९ टन फोहोर मैला संकलन गरिएको छ ।

अभियानमा नेपाल फिजिकल टे«निङ एशोसिएसन क्षेत्रीय समिति पोखरा, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८, बगालेटोल टोल सुधार समिति, बगालेटोल सामुदायिक विकास केन्द्र, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था बगालेटोल, सूर्यचन्द्र विकास समाज मालेपाटन, रोट्रयाक्ट क्लब अफ अन्नपूर्ण, मदरल्याण्ड उ.मावि वातावरण समूह, रोट्रयाक्ट क्लब अफ पोखरा र पर्यटन व्यवसायीका तर्फबाट पश्चिमांचल होटल संघ, रेवान पोखरा, नाट्टा, टान, नेपाल हवाइ खेलकुद संघ (ना), बुकसप एशोसिएसन, टेसा, एगा, फेवा डुंगा व्यवसायी समिति, नेपाल पर्यटन यातायात संघ, होटल प्रतिनिधि समाजले ऐक्यबद्धता जनाएको जानकारी फिर्के–बुलौंदी नागरिक सरोकार समितिका संयोजक रामबहादुर पौडेलले दिए ।

फिर्के–बुलौंदी सफाइ अभियानमा ऐक्यवद्धता बढ्दै
फिर्के–बुलौंदी सफाइ अभियानमा ऐक्यवद्धता बढ्दै

१० औं चरणको अभियानलाई सहयोगस्वरुप पर्यटन व्यवसायीका तर्फबाट २ सय ४ जोर सेफ्टी ग्लोब, ५० थान डोको, बगालेटोल टोलसुधार समिति तर्फबाट १० थान डोको, मुक्तिनाथ विकास बैकले २ हजार ५ सय सफ्ट ग्लोब, बगालेटोल सामुदायिक विकास केन्द्रले पिउनेपानी, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले २ हजार ५ सय थान मास्क प्रदान गरेका थिए ।

अभियानमा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी गण मुख्यालय पार्दी, सशस्त्र प्रहरी बल कालिकागण मालेपाटन, विभिन्न क्षेत्रका आमा समूह, टोल विकासकर्मी, नेपाल स्काउट, रेडक्रसकर्मी, निजामती कर्मचारी, राजनीतिककर्मी, पोखरा उपमहानगरपालिकाका कर्मचारी, स्थानीय टोलबासीलगायतको उल्लेख्य उपस्थिति थियो ।

अभियानमा सिद्धार्थ क्लबले प्राथमिक उपचार सहितको एम्बुलेन्स सेवा र मुक्तिनाथ बैकले हातधुन साबुनपानी व्यवस्था गरेको अभियन्ता ठाकुरप्रसाद बरालले जानकारी दिए । कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख इञ्जिनियर नन्दलाल बञ्जाडेले सपथ ग्रहण गराएका थिए । अभियन्ता सुनिल पाण्डेले धन्यवाद ज्ञापन गरे । आगामी ११ औं श्रृंखलाको सफाइ अभियान मालेपाटनस्थित रेडियो नेपालसँगैको फिर्के खोलाबाट हुनेछ ।

कमेन्टहरु
Loading...