सेतीमा पौडी खेल्दा दुई जनाको ज्यान गयो, एक बेपत्ता

सागर राज तिमिल्सिना
पोखरा, २० साउन/पोखराको सेती नदीमा पौडी खेल्दा नदीले बगाएर दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् भने एक जनाको सकुसल रहेका छन् । पोखरा १८ खाल्टेमसिना स्थित सेति नदीमा चार जना साथी पौडी खेल्न नदीमा गएका थिए । पौडी खेल्नेक्रममा तीन जनालाई नदिले बगायो भने एक जना मात्रै वाहिर निस्किन भ्याए ।

पर्वत घर भई पोखरा नदिपुर बस्ने बर्ष १८ का अभिषेक बडुवाल, पर्बत घर भई सिर्जनाचोक बस्ने १९ बर्षीय शंकर जिसीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै बेपत्ता पर्बत माझफाट घर भई पोखरा बस्ने १८ बर्षीय शुरेस मल्ल बेपत्ता छन् ।

उनीहरुसँगै नदीमा पौडी खेल्न गएका पर्वत घर भई पोखराको अमरसिंह बस्ने १७ बर्षीय राजिव मल्ल भने शकुसल वाहिर निस्कन सफल भएका छन् । पौडी खेल्न सँगै नदीमा छिरेका साथीहरु बाहिर ननिस्किएपछि मल्लले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीमा जानकारी आउनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले दुई जनाको सव वाहिर निकालेको थियो । एक जनाको भने अबस्था अज्ञात छ । नदीमा पानीको बहाव बढी भएकाले उनीहरुलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोखरामा दिनभर घाम लाग्दा गर्मि बढेको थियो । बिहीबार पोखराको अधिक्तम तापक्रम ३३ डिग्री सेन्टीग्रेट थियो ।

कमेन्टहरु
Loading...