‘जलवायु परिवर्तनले प्राकृतिक प्रकोप बढ्यो’

पोखरा १९ साउन/जलवायुमा भएको परिवर्तनका कारण देशमा पछिल्लो क्रममा प्राकृतिक प्रकोपका घटना वृद्धि भएको विज्ञहरुले बताएका छन् ।

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल जिल्ला शाखा कास्कीले पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी विज्ञ एवम् प्रकोप व्यवस्थापनको क्षेत्रमा लागेका व्यक्तिहरुले ८० प्रतिशत भन्दा बढी प्रकोप, जलवायुमा आएको परिवर्तन कै कारण भएको दावी गरेका हुन् ।

कार्यक्रममा बोल्दै केयर नेपालका जलवायु अनुकुलन विज्ञ विजयराज वगालेले जलवायु परिवर्तनले भौतिक विकाशका कामलाई समेत अवरोध पु¥याएको बताउनुभयो । सञ्जालका केन्द्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले सामुहिक प्रयासबाट मात्रै प्रकोप व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले देशका ४२ जिल्लामा सञ्जालको शाखा गठन भएको बताउँदै सबैसंग हातेमालो गरेर प्रकोप न्युनिकरणका लागी समुदाय स्तरमा जाने बताउनुभयो ।

सञ्जालका जिल्ला अध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकाश कार्यालयका प्रमुख लक्ष्मी जि.सी., रेडक्रस सोसाइटी कास्कीका उपसभापति डोलराज पोखरेल, शसस्त्र प्रहरीका डिएसपी अजुर्न शर्मा, जिल्ला पशुसेवा कार्यालयका राकेश प्रजापति, गैरसरकारी महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, जिल्ला प्रशासन कार्यालयका रामचन्द्र आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदी, जिल्ला जनस्वास्थ्य कार्यालयका यम बराल, पत्रकार शिशिर पौडेल, रुपा अधिकारी लगायत प्रशासनिक निकायका व्यक्तिहरुले विपद न्युनिकरणका लागी स्रोत र साधनको अभाव रहेको बताउँदै त्यसमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । काठमाण्डौमा दर्ता भएको सञ्जालको कास्की शाखा तीन महिना अघि मात्रै पोखरामा गठन भएको हो

कमेन्टहरु
Loading...