लग्जुम्बर्गमा रेष्टुरेन्ट संचालन गरेर नेपालमा सहयोग

पोखरा १९ साउन /कास्की सावेतका नारायण गुरुङ सामाजीक सेवामा तल्लिन मध्ये एक हुन् । उनले नेपालको स्वस्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेका छन । युरोपिन देश मध्ये लिटल स्विजरल्याण्टले चिनिने लग्जुम्बर्ग देशमा रेष्टुरेन्ट संचालन गरेर जम्मा आम्दानी केहि प्रतिशत नेपालका विभिन्न जिल्लामा शिक्षा तथा स्वस्थ्य क्षेत्रमा सहयोग गरेका हुन् ।

नेपालका भुकम्प पिडित तथा विभिन्न प्राकृतिक प्रकोपबाट भएको भौतिक संरचना निर्माणका रकम संकलन गर्न उनले लग्जुम्बर्गमा रहेको रेष्टुरेन्टमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको बताउछन ।  हाल सम्म उनले करिव २५ लाख ५० हजार सहयोग गरिसकेका छन । देशमा भुकम्प पिडितलाई होस् या अन्य विद्यालयमा उनले आर्थीक सहयोग गरेका छन् । उनले नेपालको सिन्धुपाल्चोक, भक्तपुर, रसुवा लगायतका जिल्लामा सहयोग गरेका छन् ।

लग्जुम्बर्गमा रेष्टुरेन्ट संचालन गरेर नेपालमा सहयोग
लग्जुम्बर्गमा रेष्टुरेन्ट संचालन गरेर नेपालमा सहयोग

कास्कीको दाङसिङ्ग गाविस सावेतमा जन्मिएका गुरुङले गाँउमा रहेको साँढे दुई रोपनी जग्गा समेत समाजघर निर्माणका लागि दान दिएका छन । विभिन्न संघसंस्था संग आवद्ध समेत रहेका उनले कास्कीको तिखेढुंगामा भगवति माध्यामिक विद्यालयमा फिनेल लग्जुम्बर्ग संगको सहकार्यमा छात्रवास र भान्साघर समेत निर्माण गरिदिएका छन । छात्रवास निर्माणका लागि करिव ३५ लाख रुपैयाँ लागेको उनि बताउछन । लग्जुम्बर्ग स्काउट संग आवद्ध गुरुङले हालै मात्र बाग्लुङ्गको शिक्षा सुधार गर्न विभिन्न शैक्षिक क्रियाकलापमा सहयोग गरेका छन् ।

गुरुङले लग्जुम्बर्ग स्काउट संग अवद्ध भोलिन्टीयरलाई बाग्लुङ्गको सामाजीक कार्यमा सहकार्य गर्ने अवसर पनि प्रदान गरे । उनकै अगुवाईमा भोलेन्टीयरहरुलाई बाग्लुङ्गको रुद्रेपिपल माध्यमिक विद्यालयमा रङ्ग लगाउने, कक्षा कोठा भित्तामा विभिन्न चित्र बनाउने लगायत पेन्टिङ कार्य गरिरहेका छन । कामको अनुगामन गर्ने क्रममा बाग्लुङ्ग पुगेका गुरुङले बाग्लुङ स्काउटलाई नगद २५ हजार सहयोग समेत गरे । त्यसैगरी कास्कीको तिखेढुंगामा रहेको भगवति माध्यामिक विद्यालयलाई नगद ५० हजार सहयोग गरे ।

जेफ फिसरको नेतृत्वमा ६४ जनाको टोलीले जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गको सहकार्यमा बाग्लुङ्गका विभिन्न विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरु गर्दै आएका छन । विद्यार्थीहरुले यत्तिबेला बाग्लुङको उक्त विद्यालय र्ङग्याउने, खेल खेलाउने देखि विद्यार्थीलाई अनुशासन सिकाउने सम्मका गतिविधिहरु गरेर विद्यार्थीहरुलाई शिक्षा प्रति आकार्षित गरिरहेको जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गका स्रोतव्यक्ति ढक बहादुर पुनले बताए ।

स्काउट संग आवद्ध ति विद्यार्थीहरु साउन ४ गते बाग्लुङ्ग आएका हुन् । विद्यालयमा बर्खे विदा पारेर क्याम्प नै खडा गरेर विद्यालयको शैक्षिक स्थिति सुधार गर्न बसेका उनिहरुले आफनै लगानीमा विद्यालयलाई खानेपानी ट्याङकी, प्रतिक्षालय समेत निर्माण गरिदिएका छन् । विद्यालयलाई ६ काठे भवन निर्माण गरिदिने अश्वासने समेत पाएको विद्यालयका प्रधानाध्यापक ममतादेवी शर्माले बताए ।

कमेन्टहरु
Loading...