आठौ मिसेस तीज प्रतियोगिता भदौमा

पोखरा, १९ साउन /राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा आठौ मिसेस तीज प्रतियोगिता नेपाल भदौ ४ गते हुने भएको छ ।

आठौ मिसेस तीज प्रतियोगिता भदौमा
आठौ मिसेस तीज प्रतियोगिता भदौमा

आयोजक युनियनले मंगलबार पोखरा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको लागि प्रतियोगिको नाम दर्ता चलिरहेको जनकारीदिएको छ । प्रतियोगितामा अहिले सम्म १५ जनाले सहभागिता जनाइ सकेका छन् भने १० जना थप गरि २५ जना प्रतिस्पर्धी पु¥याउने लक्ष्य रहेको युनियकी अध्यक्ष पम्फा पहारीले जानकारी दिइन् ।

उनले प्रतियोगिताको विजेताले नगद ३० हजार, फस्ट रनर अफले नगद २० हजार, सेकेण्ड रनर अफले १५ हजार र थर्ड रनरअफले १० हजार सहित विभिन्न उपहार पाउने जानकारी दिइन् । महिलोको प्रतिभा प्रष्फुटन गर्न कार्यक्रमका आयोजना गरेको बताइन् । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी सस्थापक अध्यक्ष मिना गुरुङ, महासचिब सुमन गुरुङ, कास्की अध्यक्ष हिरा भण्डारी लगाएतले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...