पोखरा, १९ साउन/नेपाल विद्यार्थी संघ कास्कीको अन्ततः विवाद मिलेको छ । लामो विवादमा रहेको नेपाल विद्यार्थी संघ कास्की महाधिवेसनको नजिकमा आएर मिलेको छ ।

नेविसंघ कास्कीका संयोजक रहेका सुवास कोइराला र सभापति भएका मदनराज पौडेललमा ठूलो विवाद रहेको थियो । सभापति भएका मदनराज पौडेल विदेश गएपछी कार्यवाहक सभापतीको रुपमा दिनेश आचार्यलाई हस्तान्तरण गरेका थिए । अन्तिम समयमा आएर नेविसंघ कास्कीले नजिकै आएको महाधिवेसनमा भाग लिन नपाउने भएपछी पछी विवाद मिलाउन कार्यवाहक सभापती रहेका दिनेशले अन्तिम समयमा छाडी सहमती पत्रमा हस्ताक्षर गरे पछि विवादमा समाप्त भएको नेविसंघले जानकारी दिएको छ ।
विवाद मिलाउन नेविसंघ कास्कीका पुर्व सभापती कल्याणवावु भण्डारीले उल्ेख्य भूमिका खेलेको संयोजक कोइरालाले जानकारी दिए । नेविसंघ कास्की विवाद मिलेको सम्वन्धमा विद्यार्थी नेताहरु गोविन्द लामीछाने, सन्दिप पौडेल, दिनेश शर्मा, प्रभातचन्द्र सापकोटा, गोपि तिवारी, यमकृष्ण पौडेल तारा प्रसाद तिमिल्सेना लगाएतले सहयोग गरेको उनले बताए ।
यस अघि नेविएकासंघ कास्कीको विवाद मिलाउन केन्द्रिय सदस्य प्रकाश महर्जन, नेपाली काग्रेस कास्कीका सचिव सुदिप मोहन भट्टराई लगाएतलाई जिम्मा दिएपनी विवाद मिल्न सकेको थिएन ।