उम्मेद्वारी दर्ताको विषयमा ईन्जिन्यिरिङमा झडप, ११ वढि घाइते

सागर राज तिमिल्सिना
पोखरा, १६ जेठ/उम्मेदवारी दर्ताको विषयलाई लिएर पोखराको लामाचौरस्थित ईन्जिन्यिरिङ संस्थानको पश्चिमाञ्चल क्याम्पसमा झडप भएको छ । नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्र्ता गर्न जानु अघि नै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्र्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुबै पक्ष बीच झडप भएको हो । झडपका क्रममा केहि विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

क्रान्तिकारीले ताला खोल्न नमानेको र नेविसंघ, अनेरास्ववियुले उम्मेदवारी दर्ता नगरी नर्फकने अडानले क्याम्पसमा झडप शुरु भएको थियो । झडपमा ७ जना विद्यार्थी र ४ प्रहरी घाइते भएका छन् । उनिहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेमा अखिल क्रान्तिकारीका विकास नेपाली, नारायण बडाल, राम, नेपाल प्रहरीका लोक बहादुर भट्टराई लगातका रहेका छन् ।

क्रान्तिकारीले केन्द्रिय नीति अनुसार कार्यालयमा ताला लगाएको बताएको छ । एउटा पक्षले ताला लगाएको र अर्काेले खोल्न आएपछि विवाद भएको निर्वाचन अधिकृत माधव प्रसाद शर्माले बताए । दुई पक्षवीच झडपको अवस्था आएपछि निर्वाचन प्रकृया क्याम्पस प्रशासनले सुचना टाँस गरि स्थगित गरेको छ । आज विहान १० बजे देखि २ बजे सम्म उमेद्वारी दर्ताको कार्यक्रम रहेको थियो ।

विवाद् कै क्रममा भुई तलामा रहेका क्रान्तिकारीले इट्टा हानेका थिए भने माथिल्लो तलामा रहेका नेविसंघ, अखिलका विद्यार्थीहरुले गमलले हानेका थिए । विद्यार्थीहरुले प्रशासन कक्ष र गमला तोड्फोड् गरेका छन् । अहिले सुरक्षाकालाई शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचान गरेको छ ।

कमेन्टहरु
Loading...