माझठाना वासीद्वारा लेखनाथमा गाभ्नु पर्ने मागराख्दै ज्ञापनपत्र

पोखरा, १९ साउन /कास्की माझठाना गाविस वासीको आम भेलाले आफ्नो गाउँलाई लेखनाथ नगरपालिकामा गाभ्न आग्रह गरेका छन् ।

केहि समय अघिमात्रै गाविसको आम नागरिक भेलामा राज्य पुर्नसंरचना र स्थानीय निकायको पुर्नगठन प्रक्रियालाई ध्यान दिँदै माझठाना वासीले जिल्ला विकास कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएका छन् । गाविसका सम्पूर्ण राजनीतिक दल, क्रियाशिल संघ÷संस्था, आमा समूह तथा युवाहरुले विशेष पहलमा गत माघ १२ गतेको आम भेला अनुरुपनै मंगलबार स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

माझठाना वासीले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल लगायत पार्टीलाई वोधार्थ दिँदै ज्ञापनपत्र बुभाएका छन् । जिल्ला विकास समिति कास्कीले गठन गरेको प्राविधिक समितिले बनाएको खाकामा माझाना गासिव मादी गाउँपालिकामा परेको छ ।

कमेन्टहरु
Loading...