दुर्लभ प्रजातीको बिषालु किङ कोब्रा पोखराको रानी बनमा यसरी छाडियो (भिडियो सहित)

पोखरा, १८ साउन/दुर्लभ प्रजातीका बिषालु राज गोमन (किङ कोब्रा ) सर्पलाई पोखराको रानी बनको जङगलमा छाडीएको छ । पोखराको फेवाताल पारी रहेको फिष्टेल लज परिसरमा २ दिन अगाडी गुणमा १९ वटा अण्डासहित फेला परेको बिषालु सर्पको उद्धार गरी सुरक्षीत स्थानमा छाडीएको हो ।

बिषालु किङ कोब्रा
बिषालु किङ कोब्रा

जिल्ला वन कार्यालयमा कास्कीले नियन्त्रणमा लिएको सोे किङ कोब्रालाई होटल परिसरको बाटोको ढुङ्गाको छपनी मुनी रहेको थियो । सो सर्पलाई नियन्त्रणमा नलीएको भए ठुलो दुर्घटना हुन सक्ने खतरा भए पछि नियन्त्रणमा लिएको बताए ।

उद्धार गरिएका अण्डा र राज गोमन सर्प रानी वनमै छाडीएको छ । पोखरामा दुई बर्षको अवधिमा पाँच बिशालु राज गोमन भेटीएका छन् । यहाँको बगर स्थित शंकरटोल, शान्ती नगर चोक, कमल पोखरी, दाङसिङ र फेवाताल पारि रहेको फिष्टेल लजमा बिश्वकै सबैभन्दा बढि बिसालु राज गोमन भेटिएको हो ।

किङकोब्रा जातको सर्प निकै बिषालु हुने र नेपालमा औषधी नै नपाइने सर्पको उद्धार गर्दै आएका संरक्षण कर्मी महेन्द्र कतिलालै दावी गरे । यो प्रजातीको सर्पको मुख्या आहारा नै अन्य प्रजातीको सर्प भएकोले यो सर्प भएको वरपर अन्य प्रजातीका सर्प कममात्रामा पाइने उनले जानकारी दिए । यस प्रजातीको सर्पले मात्र चराको झै गुणलगाएर ओथारो बसेर बच्चा पार्ने गरेको छ । यसको बच्चा जन्मदै ५० सेण्टीमीटरको हुने बताइन्छ । नेपालको तराई देखि समुन्द्री सतहवाट ३५ सय मिटर उचाई सम्म यो प्रजातीको सर्प पाइने बताए ।

कमेन्टहरु
Loading...