पोखराको जाल्पारोडका केही घरमा चोरी

असिम /पोखरा, १८ साउन /पोखराको जाल्पारोड स्थित केही घरमा सोमबार राती चोरी भएको छ । राती करिब साढे ३ बजेको समयमा दुई तिन घरमा चोरी भएको स्थानीयले बताएका छन् ।

स्थानीय पन्चकुमारी चौधरीको घरमा सहित अन्य घरमा चोरी भएको हो । चोरले करिब ३० हजार नगद र सामान चोरी गरेको चौधरीले जानकारी दिइन् । चोरहरुले चोरी गरेको घर भन्दा अन्य घरको पनि बाहिरबाट चुक्कुल लगाएको चौधरीले बताइन् ।

राती सबै जना सुतेको बेलामा भेन्टिलेसनबाट मुल ढोका खोलेर घर भित्र पसेर चोरी गरेको उनको भनाई थियो । त्यस क्षेत्रमा केही दिन पहिले पनि चोरीको घटना भएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...