ल्वाङघलेलको खोराकोमुखमा ११ सय विरुवा वृक्षारोपण

पोखरा, १८ साउन /कास्कीको ल्वाङ घलेल गाविसमा पर्ने खोरामुख संरक्षण क्षेत्रमा एक हजार एक सय विरुवा वृक्षारोपण गरिएको छ । पोखराको अभियान युवा क्लवको आयोजनामा वृक्षारोपण खोरामुखका स्थानिय वासिन्दा, आमा समूह, नागरिक मञ्च, युवा क्लव तथा विद्यालयको सक्रियतामा भएको हो ।

ल्वाङघलेलको खोराकोमुखमा ११ सय विरुवा वृक्षारोपण
ल्वाङघलेलको खोराकोमुखमा ११ सय विरुवा वृक्षारोपण

वृक्षारोपणका लागि आवश्यक विरुवा जिल्ला वन कार्यालय कास्कीसँग समन्वय गरि अभियान युवा क्लवले खोराकोमुख संरक्षण क्षेत्रमा लगेको थियो । खोलाले कटान गर्न सक्ने र अन्य समतल स्थान हेरी चाप, लप्सी, बकाईनो, पैँयुम, कपुर, तेजपत्ता, खयर, गुलमर लगाएतको विरुवा रापिएको कुरा क्लबले जनाएको छ ।

वृक्षारोपण कार्यमा संरक्षण क्षेत्रका स्थानिय वासिन्दा, विद्यार्थी, पोखरा क्यानोइनका संचालक राम गुरुङ, नागरिक मञ्च पुर्व अध्यक्ष ईन्द्रा गुरुङ, हिमालय आमा समूहकी अध्यक्ष सरिता गुरुङ, लालुपाते आमा समूह, बराह उच्च मावि, लालुपाते युवा क्लव, संगम बोर्डीङ स्कुल लगाएतको सहभागिता रहेको थियो ।

क्लबले पहलमात्र गरेको र यसको संरक्षणको जिम्मा स्थानियद्वारा हुने कुरा कार्यक्रमका संयोजक जयप्रकाश थापाले बताए । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष मोहनबहादुर केसीले गरेका थिए भने संचालन क्लवका सचिव राजु गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...