ट्राफिक सचेतना सम्बन्धि विषयहरु पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड

पोखरा, १७ साउन/हेम्जाका विभिन्न विद्यालयहरुमा विद्यार्थीलाई प्राथमिक उपचार र ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्र्तगत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यक्रम भएको हो ।

हेम्जाको विष्णु पादुका उच्च मावि, स्नो भ्यू इङ्लीस वोर्डिङ स्कुल, गौरी शंकर उच्च मावि, हेम्जा वोर्डिङ स्कुल, धवलागिरी वोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक अभिमुखिकरण कार्यक्रम गरिएको हो । कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागि थिए ।

ट्राफिक सचेतना सम्बन्धि विषयहरु पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड
ट्राफिक सचेतना सम्बन्धि विषयहरु पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड

सो अवसरमा बोल्ने वक्ताहरुले ट्राफिक सचेतना सम्बन्धि विषयहरु पाठ्यक्रममै समावेश गर्नुपर्नेमा सुझाव दिएका थिए । स्नो भ्यू इङ्लीस वोर्डिङ स्कुलका प्रिन्सीपल जगत थापाले सानैदेखि विद्यार्थीलाई ट्राफिक सचेतना र प्राथमिक उपचारवारे सिप दिन सके दुर्घटना न्यूनिकरणमा सहयोगी हुने उल्लेख गर्नुभयो । विष्णु पादुका उच्च माविका प्रधानाध्यापक वुद्धि प्रसाद बास्तोलाले सडक दुर्घटना पश्चात घाइतेलाई प्राथमिक उपचार गरि अस्पतालसम्म लैजानाले थप जटिल हुनबाट जोगिने बताउनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी नायव निरिक्षक राजेन्द्र कार्कीले ट्राफिक सम्बन्धि र प्राथमिक उपचारसम्बन्धि राजन उपाध्यायले सहजिकरण गर्नुभएको थियो । फिल्ड अफिसर प्रतिभा सापकोटाले प्राथमिक उपचार सडक सुरक्षा कार्यक्रम तनहुँको कोत्रेदेखि कास्कीको लुम्लेसम्म सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

नेपालमा दैनिक ५ देखि ७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् । कम्तिमा २० जना सख्त घाइते र ५० जना सामान्य घाइते हुने गरेको तथ्यांक छ ।

कमेन्टहरु
Loading...