खुकुरी देखायो, गहना लुट्यो, मोटरसाइकलमा टाप

सागर राज तिमिल्सिना
पोखरा, १६ साउन/पोखरा १ बजारमा खुकुरी देखाई मोटरसाइकलमा आएका दुई जनाले लुटपाट गरेका छन् । आइतबार दिउसो कालो रातो पल्सर मोटरसाइकलमा आएका दुई जनाले पास्कल गल्लिमा खुकुरी देखाएर लुटपाट गरेका हुन् ।

पोखरा ७ घारीपाटनकी एक महिलाले लगाएको करिब ५ तोलाको सुनको सिक्रि लुटेर भागे । उनी सगँ रहेकी अर्की महिलाको घाटीबाट सिक्रि निकाले पनि भाग्ने क्रममा सिक्रि भुइमा खसको स्थानीयले बताए । दुबै महिलाको घाटीमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

लुटपाट भर्इरहदा दुबै महिला चिच्याएका थिए । स्थानीयले समात्ने प्यास गरेपनि सफल हुन नसकेको उनिहरुले बताए । सिक्री लुटिसके पछी मोटरसाइकलमा खुकुरी देखाउदै हिडेको उनिहरुको मोटरसाइकल ट्याक्सीचोकमा पुगे पछि असन्तुलित भएपछी खुकुरी खसेको स्थानीयले बताए ।

मोटरसाइकलमा काठमाडौको नम्बर पिल्ट लगाएको हुने सक्ने कास्कीका प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रर्जाचायले बताए । उनले जुन नम्बर टासिएको छ त्यो नम्बर काठमाडौमा काड्दा यस्तो पल्चर मोटरसाइकल नै ननिस्कीयएको बताउदै नक्कली नम्बर प्लेट हुन सक्ने बताए । पोखराको चारै नाकामा प्रहरी परिचालन गरेको लुटेराको खोजी भएको बताए ।

कमेन्टहरु
Loading...