गाईजात्रा महोत्सबको तयारी तिव्र

पोखरा, १६ साउन/पोखरामा हरेक बर्ष गाईजात्रा पर्वको अवसरमा आयोजना हुने गाईजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । भाद्र ३ र ४ गते जाल्पारोड सिमलचौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको महोत्सव संयोजक कृष्णमान ठुसाजुले बताए ।

नेवाः खलः कास्की संग आवद्ध टोल तथा कचाः खलले प्रत्यक वर्ष फरक फरक टोलमा तायमचा प्रतियोगिता आयोजना गर्दै आएको छ । महोत्सव नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायमचा समितीको आयोजनामा हुन लागेको हो । महोत्सबमा तयारी भेलामा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा सहभागी हुन नेवा खल सम्बद्ध टोल तथा कचालाई आह्वान गरे ।

उनले नेवारी मौलिक परम्पराको जगेर्ना गर्न यस्ता खालका महोत्सबले ठुलो भुमिका खेल्ने हुँदा सबैले आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने कुरा औंल्याए । महोत्सब संयोजक ठुसाजुले प्रतियोगितामा सहभागी हुने टोलीले साउन ३० गते भित्र नाम दर्ता गराई सक्नुपर्ने बताउदै पोखरा, लेखनाथ र आसपासका नेवारी टोल र समुदायलाई समय भित्र नाम दर्ता गर्न आह्वान गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्तन्वा हुने टोलीलाई क्रमश रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजार तथा शिल्ड प्रमाणपत्र प्रदान गरिने महोत्सबका सचिब बिश्व बिजुक्छेले जानकारी दिए । यसका अलावा प्रतियोगितामा उत्कृष्ट बाद्यबाधन, भेषभुषा, जोकर तथा ख्यालीका लागि पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने छ । महोत्सवमा नेवारी खानाका परिकार, नेवारी नृत्य, कुमारी, चर्या, लाखे प्रर्दशन गरिने छ । भेलामा स्थानिय नेवार समुदाय तथा बिभिन्न कचा खलका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...