तारेकेश्वरमा लायन्स पार्क बन्दै

पोखरा, १४ साउन /लायन्स डिष्ट्रिक्ट ३२५ बी १ अन्र्तगतका सम्पुर्ण क्लबहरुको पहलमा काठमाण्डौको तारेकेश्वरमा बृहत बृक्षारोपण कार्यक्रम हुने भएको छ । लायन्स पार्कको निमार्ण गर्ने दिर्घकालिन योजना अनुरुप काठमाण्डौको तारकेश्वर नगरपालिका गोलढुंगा स्थित वडा नं ८, ९ र ११ मा रहेको करीव १०० रोपनि जग्गा नगरपालीकाले लायन्सलाई प्रदान गरेको छ ।

तारेकेश्वरमा लायन्स पार्क बन्दै
तारेकेश्वरमा लायन्स पार्क बन्दै

भ्यू टावर समेत बनि सकेको सो जग्गामा बिभिन्न जातका करीव ८ हजार भन्दा बढी बिरुवा रोप्ने तयारी भएको पार्क निमार्ण समितिका संयोजक मिलनविर मालाकारले जानकारी दिए । साउन १५ गते शनिवार गरिने बृहत बृक्षारोपण कार्यक्रमको उद्घाटन पर्यटन तथा सस्कृति मन्त्रि आनन्द प्रसाद पोखरेलले गर्ने भएका छन् ।

डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटी र पुर्व मल्टिीपल काउन्सिल चेयरपर्सन राजन लम्सालको अगुवाइ र पहलमा स्थानीय संघ संस्थाको सहयोगमा प्राबिधिकहरुको सल्लाह र आवश्यकता अनुसार बिरुवा रोपी लायन्स पार्क बनाउन लागिएको संयोजक मालाकारले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा सहभागिता जनाउनका लागि डिष्ट्रिक्ट अन्र्तगतका २५१ वटा क्लबलाई खबर गरिएको सो को लागि प्रति क्लब ४ हजार रुपैया तोकिएको छ, भने उक्त रकम पार्क निमार्ण र संरक्षणमा खर्च गरिने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी ई कृष्ण आचार्यले बताए ।

कमेन्टहरु
Loading...