बाढी र पहिरोले सिक्लेस हाइड्रोको झण्डै दुई करोडभन्दा बढी क्षति

पोखरा, १३ साउन/ अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कास्कीको उत्तरपूर्वी गा.वि.स. सिक्लेसमा निर्माणाधिन सिक्लेस हाइड्रोको झण्डै २ करोडभन्दा बढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ । १३ मेगावाडको सो हाइड्रको ९० प्रतिशत काम सम्पन्न भई पुष मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको थियो ।

बाढी र पहिरोले हाइड्रोसम्म जाने झण्डै १० किलोमिटर भन्दा बढि बाटो ठूलो क्षति बनाएको छ भने हाइड्रोको निर्माण सामाग्रीहरु बगाएको सिक्लेस हाइड्रो डेभ्लभमेन्ट प्रा.ली. का अध्यक्ष सूर्य बहादुर के.सी. ले जानकारी दिनुभएको छ । बढी वर्षातका कारण सो क्षेत्रमा वरिपरि भु स्कलन हुनुका साथै हिमताल समेत फुटेर बाढी आएको अनुमान गरिएको छ । बाढीले निर्माण औजार, मिक्चर, ट्रायक्टर, टिपर, स्काफ फेल्डिङ पाइप, गेभिङ तार जाली लगायत सामाग्री एवम् दर्जनौ ठाउँको संरचना भत्काएको बताईएको छ ।

सो बाहेक अन्य के कति क्षति भएको छ भन्ने बारेमा प्राविधिक टोलीले अध्ययन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
त्यसै गरी बाध, पवर हाउस र सुइचिङयार्ड र कुलोमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ । “यो क्षेत्रमा ५० वर्षकै सबैभन्दा ठूलो बाढी आएको कुरा स्थानीय जस बहादरु गुरुङले बताउनु भयो ।” सिक्लेस हाइड्रो डेभलोमेन्ट प्रा.ली. द्धारा कास्की जिल्लाका पार्चे र नामाजुङको सिमानामा रहेको सो विद्युत मदक्यू खोलाबाट उत्पादन गर्न लागिएको हो । ३ सय ३० मिटर उचाईमा हेड रहेकाले सो कम्पनी अत्यन्त राम्रो ठानिएको थियो ।

२ अर्ब १० करोडको लगानीमा निर्माण सम्पन्न हुने सो कम्पनीको विद्युत गृहका उपकरण मात्र जोड्न र लाईन विस्तारको केही काम मात्र बाँकी रहेको थियो । अध्यक्ष के.सी. ले भन्नुभयो, “आवश्यक उपकरणहरु भन्सारमा आई सकेका छन्, बाटोको कारण हाइड्रोसम्म पु¥याउने सक्ने अवस्था छ्रैन ।” पोखरादेखि निर्मानधीन सिक्लेस हाइड्रो झण्डै ४५ किलोमिटर टाढा रहेको छ ।

कमेन्टहरु
Loading...