कास्कीका लागि पाँच स्थानीय तह असान्दर्भिक – काङग्रेस

पोखरा, १३ साउन /कास्कीलाई पाचभन्दा बढि स्थानीय तहमा विभाजन गर्न माग गरिएको छ । कास्की काङग्रेसले बिहीबार क्षेत्र न १ र ४ का महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, जिल्ला सदस्य र गाउँ कार्य समितिका सभापतिसँग गरेको संयुक्त बैठकले त्यस्तो माग गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको स्थानीय तह पुर्नसंरचना सम्वन्धी कार्यसर्त तथा कार्य विधि अनुसार हाल अगाडी बढेको अभ्यास र प्रस्ताव अव्यवहारिक भएको बैठकको ठहर छ ।

कास्कीमा हाल प्रस्ताव गरिएको स्थानीय तह प्रशासनीक, सामाजिक र भौगोलिक दृष्टिकोणले थप विकट , अव्यवहारिक र असान्दर्भिक भएकोभन्दै स्थानीय तहको संख्या पाँचबाट बढाउन आयोगलाई सुझाव दिने निर्णय गरेको छ । बैठक कास्की काङग्रेसका सभापति कृष्ण के.सीको अध्यक्षतामा भएको थियो।

कमेन्टहरु
Loading...