फेवाताल किनारमा सौर्य बत्ती, चार बर्षमा पोखराको मुख्य सडकमा सौर्यबत्ती जडान हुने

पोखरा, १३ साउन /पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल किनारमा सौर्य बत्ती जडान सुरु भएको छ । ताल किनार बाराहीघाट देखि १५ सय मिटरको दुरी गैराको चौतारा सम्म सौर्य बत्ती जडान कार्य सुरुभएको हो ।

पोखरा उपमहानगरपालिका फेवाताल संरक्षण आयोजनावाट ३८ लाख, वातावरण मैत्री स्थानीय विकास कार्यक्रम (इफएलजी) वाट १५ लाख र जनसहभागीतावाट संकलन गरिएको ६ लाख गरि कुल ५९ लाख रकम लागनीमा सौर्य बत्ती जडान सुरुभएको हो । पर्यटकको चहलपलह हुने मुख्य क्षेत्र मानिएको ताल किनार तालवाराही मन्दिर जाने घाट देखि पोल गाडेर सौर्य बत्ती जडान गरिएको पोखरा उपमहानगर फेवाताल संरक्षण आयोजनाको प्रमुख इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।

फेवाताल किनारमा सौर्य बत्ती, चार बर्षमा पोखराको मुख्य सडकमा सौर्यबत्ती जडान हुने
फेवाताल किनारमा सौर्य बत्ती, चार बर्षमा पोखराको मुख्य सडकमा सौर्यबत्ती जडान हुनेw

ताल किनारमा सौर्य बत्ती जडान कार्य ७० प्रतिशत काम सकीएको छ । जडान गरि सकेका पोलहरुमा बत्ती बली सकेको र एक हप्ता भित्र ताल किनारको १५ सय मीटर क्षेत्र सबै झलमल्ल हुने इन्जिनियर गोदारले जानकारी दिए । गैराको चौतारा सम्म बत्ती बाल्ने लक्ष्य रहे पनि केही स्थानमा अपुग हुने उनले सुनाए । अहिल १५ सय मिटरमा ४५ वटा पोलमा बत्ती बल्ने उनले जानकारी दिए । बाँकी क्षेत्रमा अर्को बजेटवाट सौर्य बत्ती बिस्तार गर्दै लगीने इन्जिनियर गोदारले बताए ।

ताल किनारमा सौर्य बत्ती जडानले राती अवेर सम्म ताल किनारमा रमाउँने पर्यटकको सुरक्षामा सहयोगी हुने पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए । यसले पर्यटकलाई ताल किनारमा अवेर सम्म सरक्षित रुपमा रमाएर बस्ने वातावरण बन्ने उनको विश्वास छ । यसरी नै पोखराको मुख्य बजार क्षेत्रका बिभिन्न सडकमा पनि सौर्य बत्ती जडान कार्य सुरुभएको छ । यस बर्ष यहाँका मुख्य बजारका बिभिन्न सडकमा पाँच करोड २० लाख लगानीमा सौर्य बत्ती जडान कार्य सुरु भएको पोखरा उपमहानगरपालिकाका इन्जिनियर धुव भट्टराईले जानकारी दिए ।

पोखराको ड्यामसाईड, छोरेपाटन, उत्तम मार्ग, लेकसाईड लगाएतका बिभिन्न क्षेत्रमा ४ सय ३९ पोल गाडेर भदौ २० गते सम्म सौर्य बत्ती बाल्ने लक्ष्यका साथ धमाधम काम भइरहेको इन्जिनियर भट्टराईले जानकारी दिए । ६५ प्रतिशत स्थानीय विकास मन्त्रालय अन्र्तगत सौर्य उर्जा कार्यक्रम मार्फत, २५ प्रतिशत जनसहभागीता र १० प्रतिशत पोखरा उपमहानगरपालिकाको लगानीमा सौर्य बत्ती जडान कार्य सुरुभएको इन्जिनियर भट्टराईले बताए ।

पोखराको बिजयपुरवाट हल्लन चोक सम्मको पृथ्वीराजमार्गमा जडान गरिने भनेको सौर्य बत्ती भने स्थानीय जनसहभागीता नजुट्दा यस बर्ष हुन नसकेको इन्जिनियर भट्टराईले सुनाए । केन्दिय अनुदानले निरन्तरता पाए अर्को बर्ष राजमार्गमा पूर्न जनसहभागीता जुटाएर सौर्य बत्ती जडान कार्य थालीने उनले बताए । अवको ४ बर्ष सम्मका पोखराका मुख्य बजार क्षेत्रका सबै ठाउँमा सौर्य बत्ती बाली सकीने इन्जिनियर भट्टराईले जानकारी दिए ।

यस अघी दुई करोड २५ लाख ८६ हजार रुपैयाँको लागतमा लेकसाइड र न्यूरोडमा पहिलो चरणमा सौर्य सडक बत्ती जडान गरिएको थियो । नियमीत मर्मत संवारको अभावमा बिस्तारै न्यूरोड र लेकसाईमा जडीत सौर्य बत्तीले काम गर्न छाडेर अध्यारो हुदै गएका छन् । सौर्य बत्ती जडान पछि पनि नियमीत रुपमा मर्मत नगर्दा यो समस्या आएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । नयाँ बन्दै जाने पहिले जडान गरेको सौर्य बत्ती बिग्रदै जाने यो राम्रो भएन त्यसैले यौर्य बत्ती जडान गर्ने क्रममै मर्मत संवारकालागि जडान गर्ने टोली संग सम्झौता गरेर काम गर्नु पर्नेमा पौडेलले उपमहानगरलिकालाई सुझाए ।

सौर्य बत्ती जडान भएका क्षेत्रमा पर्यटक र नगरवासीलाई यात्रामा सहज भएको छ । रातको समयमा सडक उज्यालो भएपछि चारी र लुटपाटका घटनामा पनि कमि आई यस क्षेत्रको सुरक्षा अवस्था सुदृड हुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । बढ्दो लोडसेडिङको समस्यासँगै पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकले मुख्यगरि अध्यारोको समस्या खेप्नुपरेको छ । लोडसेडिङका कारण अध्यारोमा हिडडुल गर्नुपर्दा असहज तथा असुरक्षा महसुस गरेको अवस्थामा सौर्य बत्ती जडानले यस क्षेत्रको शान्ती सुरक्षा र चोरी डकैतीमा कमि आउने पर्यटन व्यवसायीको विश्वास छ ।

कमेन्टहरु
Loading...