फेवातालले रङ फेरे पछि (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १३ साउन/वर्षा संगै आएको पहिरो र धमिलो पानीका कारण पर्यटकीय शहर पोखराको मुख्य केन्द्रविन्दुका रुपमा परिचित फेवाताल यतिवेला कुरुप बनेको छ ।

अघिल्लो वर्षको साउन १३ गते आएको बाढी पहिरोका कारण फेवाताल कुरुप बनेको थियो भने यस वर्ष पनि खहरे खोलामा आएको बढिले फेवातालले रङ नै फेरेको छ । आकासको रङ जस्तै गरेर फेरीने फेवातालमा यति बेला भने धमिलो बनेको छ ।

वर्षा संगै फेवातालको सिरानमा पर्ने हर्पन खोला र खहरे खोलाबाट आएको वाढीका कारण फेवाताल कुरुप बन्दै गएपछि फेवातालमा आफ्नो रोजीरोटीका लागि डुङगा संचालन गर्दै आइरहेका डुङगा ब्यवशायीहरु चिन्तित बनेका छन् । फेवाताललाई वर्षै पिच्छे बाढी पहिरो र जलकुम्भीका कारण स्वच्छ र निर्मल फेवाताल कुरुप बन्ने गरेको छ ।

फेवातालमा डुङगा शयर गर्नकै लागि यहा देशी तथा विदेशी पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । वर्षा याम संगै आएको वाढी पहिरो र जलकुम्भीका कारण यतिवेला फेवाताल कुरुप त देखिएको कोनै छ तर वर्षै पिच्छे आउने बाढीका कारण फेवाताल पुरिदै गएको छ । सम्बन्धित निकायले यसको संरक्षण तर्फ नलाग्ने हो भने फेवाताल कुनै दिन मैदानमा परिणत हुन सक्छ त्यसैले यसको संरक्षणका लागी सवैले ध्यान दिनु जरुरी रहेको व्यवसायीहरु बताउ छन् ।

पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ«े हिमालको प्रतिविम्ब तालमै पौडी खेलेको देख्न सकिन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । त्यसैले वर्षै पिच्छे खुम्चीदै गएको फेवातालको संरक्षण गर्नु आवश्यक छ ।

फेवाताल
फेवाताल
फेवाताल
फेवाताल
फेवाताल
फेवाताल
फेवाताल
फेवाताल

baharai madter& fewatal (4)

पोखराको फेवाताल र जलकुम्भी
पोखराको फेवाताल र जलकुम्भी
sup nepal fewatal फेवातालमा पर्यटकका लागी अब यस्ता डुङ्गा आएका छन्
sup nepal fewatal फेवातालमा पर्यटकका लागी अब यस्ता डुङ्गा आएका छन्
fewatal jalkumb पर्यटन दिवसमा होटल संघले फेवाबाट जलकुम्भी हटायो
पर्यटन दिवसमा होटल संघले फेवाबाट जलकुम्भी हटायो
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
कमेन्टहरु
Loading...