गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

पोखरा, १५ जेठ/पोखरामा पनि गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । गणतन्त्र दिवसलाई दिवसका रुपमा नभइै औपचारिकताको रुपमा मात्र कास्कीमा मनाइएको छ । देशमा गणतन्त्र आए पनि गणतन्त्र संस्थागत हुन नसकेको बेला कास्कीमा गरिएको गणतन्त्र दिवसले गणतन्त्र प्रति राजनैतिक दल, प्रशासक निकाय, नागरिक समाज लगायत कसैले पनि महत्व नदिदाँ दिवस दिवसका रुपमा मात्र सिमित बन्न पुगेको छ । मूल आयोजक समिति कास्कीले निकालेको ¥याली र सभामा सहभागीको उपस्थितिले त्यो कुरालाई पुष्ठी गरेको छ ।

पोखराको भीमसिन चोकबाट निस्केको ¥यालीले पोखरा बजार परिक्रमा गर्दा मानिसहरुको उपस्थिति न्युन देखिन्थ्यो । कार्यक्रममा सरकारी निकायका उच्च तहका केही व्यक्तिहरु सहभागी भए पनि राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति भने निकै न्यून रुपमा रहेको थियो । पोखरा सभागृहमा आयोजित सभामा नेपाली काँग्रेसका कास्की अध्यक्ष यज्ञ बहादुर थापा, एमाओवादीका जिल्ला ईन्चार्ज झलकपाणी तिवारी र नेकपा मालेका नेता मात्रै उपस्थिति भए पनि कार्यक्रता र अन्य दलको उपस्थिति भने देखिदैन्थ्यो । धेरै मानिसको उपस्थिति हुने आशाले पोखरा सभागृहमा कार्यक्रमको आयोजना गरिए पनि हल भने खाली नै देखिएको थियो ।

भाषण गर्नेहरुले गणतन्त्रको महत्व र उपलब्धी माथि प्रकाश गरे पनि दर्शकहरुको सहभागीता गराउन नसक्दाँ आयोजक र राजनैतिक दलका नेताहरुलाई असजिलो महशुस गरेका थिए । मानिसहरुको उपस्थिति न्यून भएपछि दलका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुलाई मञ्चमा आषण ग्रहण गराउने कार्यक्रम भए पनि न्यून उपस्थितिका कारण मञ्चका कुर्चीहरुलाई खाली नै राखेर कार्यक्रमको आयोजना गरिएको थियो । सधैं लामो भाषण गर्ने नेताहरु भने एक डेढ मिनेटमै आफ्ना भनाईहरु छोटाएका थिए । यस्तो प्रविधिले गणतन्त्र प्रति आम जनताको सोचाई कस्तो रहेछ भन्ने कुराको पुष्ठि भएको देखिन्छ । कुनै दलका नेताहरु आउदाँ विभिन्न ठाउँबाट आफुना कार्यक्रता ल्याएर ठूलो सहभागीता देखाएर देखाउने गरेका दलहरुले यो दिवसमा किन ध्यान दिएनन् । त्यो सोच्चनीय विषय भएको छ ।

कार्यक्रममा क्षेत्रीय प्रशासक सुमन शर्मा, प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइराला, एमाओवादीका जिल्ला ईन्चार्ज झलकपाणी तिवारीको, पोखरा उपमहानगरपालिकाका कार्यक्रारी अधिकृत झलकराम अधिकारी, स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल लगायतले गणतन्त्रका महत्व बारे आफ्ना भनाईहरु राखेका थिए । ¥यालीमा सहभागीले लिएको नेपाली झण्डा देख्दा पनि सर्वसाधारण दगं परेका थिए । नेपाली झण्डाको किनारमा निलो घेरा हुने भए पनि खर्च घटाउने भन्दै आयोजकले किनारामा एउटै रगं प्रयोग गरेका थिए ।

यता नेकपा एमाले कास्कीले पनि भीमसेन चोकमा भीमसेन दाहालको सालिकमा माल्य अपर्ण गरी यो दिवस मनाएको छ । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक पोलिट ब्यूरो सदस्य खगराज अधिकारीले देशमा गणतन्त्र आए पनि अझै संस्थागत हुन नसकेको बताए ।

कमेन्टहरु
Loading...