बाढी र पहिरोमा परेर पश्चिमाञ्चलमा २१ मृत्यु, २२ घाइते (कहाँ कहाँ के के भयो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १२ साउन /सोमबार र मंगलबार परेको वर्षाका कारण बाढि र पहिरोले पश्चिमाञ्चलमा २१ जनाको मृत्यु भएको छ । त्यसै गरि बाढि र पहिरोमा परि २२ जना घाइते भएको पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

मृत्युहुनेमा पाल्पा दोभान ५ झुम्साकी १६ वर्षिय अस्मिता बिक, पाल्पा गोठादी ५ बस्ने बर्ष ४५ वर्षिय तामबहादुर कनौजे, ३५ कि खगिसरा कनौजे उनीकी छोरी बर्ष १ वर्षि कि यशोदा कनौजे रहेका छन् । त्यसै गरि बाग्लुङ राजकुट ७ कुडुलाका ८ बर्षियकी दुजि लोप्चन, २२ वर्षिइ टिकि लोप्चन, बाग्लुङ दर्लिङ ९ का ७८ वर्षिय दके पुन, ३८ की देबी बुढामगर, दर्लीङ ३ बस्ने ८ बर्षियका सन्दिप बुढामगर। १६ वर्षिकी यमुना बुढा मगर रहेका छन् ।

त्यसै गरि गुल्मी बिसुखर्क ९ बस्ने ८ वर्षिय सुजन राना, ६ वर्षकी सिमना राना, हस्तिचौर १ मल्दीका ४९ वर्षकी तुलसी दर्जी, १९ वर्षकी अस्मिता दर्जी, ६२ वर्षकी कालिका दर्जी, ह्ववाङ्दी ३ बस्ने ४४ वर्षका बिष्णु प्रसाद घिमिरे, ह्ववाङ्दी ५ का १२ वर्षकी आशा घर्ती रहेका छन् ।

त्यसै गरि अर्घाखाची ठाडा ५ स्थित कोठिया मैदान बस्ने १७ वर्षकी सारदा घर्ति, पोखराथोक ९ डाङ्ग्रे बस्ने २७ बर्षकी दानी कुमारी राजकोटी, सिद्धारा ६ दुम्सी बस्ने ५४ बर्षकी मान कुमारी आले र कपिलबस्तु जिल्लाको कजरहवा ९ का २२ वर्षका रामगुलाम कलवार रहेको अयालले जानकारी दिए । बाढी पहिरोले ८५ घरमा क्षेतिपुगेको उनले जानकारी दिए । त्यसै गरि भैसी ५, गोरु ५, गाई ४, बाख्रा २६, कुखुरा १० मरेको उनले बताए ।

मिति २०७३।४।१० र ११ गते परेको अविरल बर्षाको कारणले पश्चिम क्षेत्र अन्तर्गत बाढी, पहिरोबाट भएको क्षतिको विवरण

सिनं. जिल्ला स्थान मृत्यु घाईते चौपाया घर गोठ कैफियत
पुरुष महिला पुरुष महिला मृत्यु बेपत्ता
बाग्लुङ राजाकुट ७       ४ बाख्रा, १ भैसी  
दर्लिङ ३          
कुश्मिसेरा ९         भैसी २, बाख्रा ४, कुखुरा १०      
धुल्लुबासकोट ८                
अधिकारीचौर ५             २५    
अधिकारीचौर ४                
अधिकारीचौर ५               गादिखोला जलबिधुत
भिमगिठे १                
बुर्तिबाङ ९                
बुर्तिबाङ १, ९               ३ वटा लघू जलबिधूत पावर हाउस
राङखानी ४                
ग्वालिचौर ३                
दर्लिङ ९       गाई ३,भैसी १      
अधीकारीचौर ७             १६   १ झोलुङ्गे पुल बोवाङ खोलाले बगाएको
पाल्पा गोठादी ५            
दोभान ५ झुम्सा              
गुल्मी बिसुखर्क ९            
हस्तिचौर १            
गौडाकोट ७                
जोहाङ १                
ह्ववाङ्दी ३            
ह्ववाङ्दी ५                
मरेङ ८ आपकाटे         भैसी २ र गोरु २      
अर्घाखाँची ठाडा ५     ३ गोरु, १ गाई र १७ बाख्रा    
पोखराथोक ९                
सिद्धारा ६ दुम्सी ढ       बाख्रा ५      
रुपन्देही बु.उ.म.न.पा. ७                
कास्की सिल्दुजुरे १               सामुदायिक क्लिनिक २, व्यक्तिको २, स्कुलको २ कोठा
पोखरा २६ सारङकोट                
ले.न.पा.१७ माले बगर                
   ७ क.ब. कजरहवा ९                
पर्बत माझफांट ३              
  जम्मा   १५ १३ भैसी ५, गोरु ५, गाई ४, बाख्रा २६, कुखुरा १० ४ बाख्रा, १ भैसी ८५  

झोलुङ्गे पुल :       १ बिर्घा १ ताङ्लेहवा स्याङ्जा र देलाधुम पाल्पा जोड्ने काली गण्डकी पुलको लठ्ठा चुडाएको मानिस हिड्न नमिल्ने ।

२ रुपन्देही बु.उ.म.न.पा. १३ मा रहेको बुद्दनगर र प्रगतिटोल जोड्ने तिनाउ खोलाको पुल भत्काएको ।

३ अधीकारीचौर ७ बाग्लुङ स्थित  बोवाङ खोलाको पुल बगाएको

कमेन्टहरु
Loading...